• होमपेज
  • समाज
  • आफु प्रति भ्रम समाचार सम्प्रेण गरेकाे भन्दै बुढीनन्दा नगरपालिका उपप्रमुख रेग्मीकाे बिज्ञप्ती

आफु प्रति भ्रम समाचार सम्प्रेण गरेकाे भन्दै बुढीनन्दा नगरपालिका उपप्रमुख रेग्मीकाे बिज्ञप्ती

  • बुधबार, बैशाख १०, २०७७
आफु प्रति भ्रम समाचार सम्प्रेण गरेकाे भन्दै बुढीनन्दा नगरपालिका उपप्रमुख रेग्मीकाे बिज्ञप्ती

बाजुरा १० बैशाख– बुढिनन्दा नगरपालिकाकी उपप्रमुख श्रृष्टी रेग्मीले गलत प्रचार गरेको भन्दै बिज्ञप्ती निकालेकी छन ।  केही दिन अगाडी नेपालजबाट आएर क्वारेन्टाइनमा नबसेको भन्दै मिडियामा गलत प्रचार गरिदिएको भन्दै बिज्ञप्ती निकालेको बताएकी छन् । बिज्ञप्तीमा भनीएको छ । हाल बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस नोबेल कोबिट १९ ले बिश्व नै आतंकीत भएको बेला यसको असर नेपालमा पनी दिन प्रतिदिन फैलिदै गइरहेकोले यसको रोकथामका लागि नेपाल सरकारले लकडाउनको घोषणा गरेको आज २८ दिन भएको छ । यस समयमा बुढिनन्दा नगरपालिका भित्र बस्नुहुने सम्पुर्ण नगरबासीहरुमा सरकारद्धारा घोषणा गरेको लकडाउनलाई पुर्ण रुपमा पालना गर्न अनुरोध गरिन्छ । बिज्ञप्तीमार्फत जनाएको छ ।
त्यसै गरी साथै म नगरपालिकाको काममा नगरबाहिर गएको बेला सरकारले पुर्णरुपमा लकडाउन घोषण गरेपश्चात म उक्त लकडाउनमा परेको अबस्थामा बुढिनन्द्या नगरपालिका र जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा बुढिनन्दा नगरपालिकाबाट अति आबस्यक अति आबस्यक औषधी खदिका लागि गएको जिपमा म स्वयम घोषणा गरेपश्चात १४ दिन होम क्वारेन्टाइनमा बस्ने गरि जिल्ला प्रशासन कार्यालय बाट अनुमती माग गरि धनगढीबाट बुढिनन्दा नगरपालिका वडा न २ मा रहेको मेरो घरमा २०७७ साल बैशाख ८ गते बेलुका ६ बजे जानकारी गराउछु । बिज्ञप्तीमा उल्लेख गरिएको छ ।


आज २०७७ साल बैशाख ९ गते बिहान रेडियो बुढिनन्दाबाट बुढिनन्दा नगरपालिका प्रमुख पदम कुमार गिरी समेत संलग्न भई मेरो बारेमा अनर्गल प्रचार गरि तथ्यहिन समाचार प्रशारण तथा प्रकाशन गरी नगरपालिकाको क्वारेन्टाइनमा बस्ने गरी आएका उप प्रमुख श्रृष्टी रेग्मी, हे अ ओमजङ शाही,पत्रकार महेश कार्की तथा निजको श्रीमती र जिप चालकले लकठाउनको उल्ल्घन गरेको भनी गलत समाचार प्रशारण गरेको भए पनी हामी आएको जीप सवारी चालकले बाहेक अरु सबै नियमाअनुसार होम क्वारेन्टाइनमा बसेको र नगर प्रमुखको निर्देशन बमोजीम सवारी चालक निजको निर्माण कार्यमा प्रयोग हुने डोजरको तेल पु¥याउन गएको कारण सम्बन्धीत जीपमा आएका चालक बाहेक सबैलाई नियोजीत तथा योजनाबद्ध रुपमा बिबादमा ल्याउन खोजिएको हुदा यस्ता तथ्यहिन समाचार प्रकाशन प्रशारणको भ्रम नर्पन आम जनसमुदायमा अनुरोध गरेको बिज्ञप्तीमा भनीएको छ । आफु हाल होम क्वारेन्टाइनमै बसेको जानकारी पनी गराउदछौ बिज्ञप्ती मार्फत उपप्रमुख रेग्मीले बताएकी छन् । लकडाउनको उल्घन गरि सरकारले दिएको आचार सहिता बिपरीत काम गरेको पाइएमा कानुनी कार्बाहीको भागेदार बन्न् तयार रहेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार