शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • त्रिवेणी
  • बाजुरामा र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएका दुबै जनाकाे स्वाव धनगढी पठाइदै

बाजुरामा र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएका दुबै जनाकाे स्वाव धनगढी पठाइदै

  • सोमवार, बैशाख ८, २०७७
बाजुरामा र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएका दुबै जनाकाे स्वाव धनगढी पठाइदै

बाजुराको त्रिवेणी नगरपालिकामा १ जनामा मात्र र्‍यापिड (आरडीटी) मा पोजेटीभ देखिएका दुबै जनाकाे स्वाव संकलन गरेर धनगढी पठाइने भएकाे छ ।  पाेजेटिभ देखिएका ६० बर्षका बृद्धलाइ जिल्ला अस्पताल बाजुरामा आइतवार राति ल्याएर आइसाेलेनमा राखिएकाे स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् । शुरुमा चेक गर्दा र्‍यापिड टेष्ट गर्दा २२ बर्षका अर्का युवामा पाेजेटिभकाे श‌ंका लागेपछि पुन चेक गर्दा ति युवामा नेगेटिभ देखीएकाे भए पनी दुबै जनाकाे स्वाव परिक्षणका लागि धनगढी पठाउन लागिएकाे स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ ।६० बर्षका बृद्धलाइ भने पुन पनि पाेजेटिभ देखा परेकाे स्वास्थ्यकर्मिले वताएका छन् । २२ बर्षका युवालाइ पनि आइतवार राति नै त्रिबेणी नगरपालिकाकाे क्वारेन्टाइनमा राखिएकाे स्वास्थ्य सयाेजक शाहले वताएका छन् । पाेजेटिभ देखिका भारतकाे कराैलवाग बाट चैत २ गते नेपाल आएकाे बुझिएकाे छ । २२ बर्षे युवाकाे पनी ताेलीबाटै स्वाव संकलन गरी धनगढी पठाउने स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार