शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • गजल(विकास छैन नेता ज्यु)

गजल(विकास छैन नेता ज्यु)

  • शुक्रबार, बैशाख ५, २०७७
गजल(विकास छैन नेता ज्यु)

विकास छैन नेता ज्यु!अरूकाे कुरा काटेर हिड्छन्।1
अाफु राम्राे बन्न दुनियाकाे अालाेचना गरेर हिड्छन।2
नेकपा,काँग्रेस बिच कुरा काट्नु त फेसन हाे हजुर
अाफु माथि उढ्न प्रतिवादीकाे शिर छिनेर हिड्छन्3

निमुखाले एकछाक पेटभरी खान पाएकाे छैन कैठ
नेताहरू फाईप स्टारमा दारूमासु खाएर हिड्छन्।4
कच्चिबाटाे दिन भरी यात्रा गर्नुकाे पीडा हामीलाई छ
नेता कालाे काेट,पार्टी सुजमा प्लेन चडेर हिड्छन्5
विकास छैन नेता ज्यु!

गरिवका बालबालिका स्कुल जान नपाएकाे स्थिति छ
नेताका छाेराछाेरी महंगाे बाेर्डिङमा हालेर हिड्छन्।6
अध्याराेमा झराे,टुक्कि बालेकाे देखिन्छ बाजुरामा अझै
नेताले भने झिलमिल शहरमा ल्यान्टर ठाेकेर हिड्छन्।7
विकास छैन नेता ज्यु!

हरे नेताकाे जीवन स्तर उढेकाे हामीलाई केकाे चासाे
बलबिर्या,रिउल्या भाेकै फाट्या टालाे लाएर हिड्छन।8
विकासका पुर्वधारहरूमा केकाे फरक देखिन्छ र हजुर
विकास हैन नेता ज्यु!अरूकाे कुरा काटेर हिड्छन्।9

नवराज राेकाया
पाण्डुसैन

चर्चामा

सम्बन्धित समाचार