बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • देश
  • स्वामिकार्तिक गाँउपालिकाको एम्बुलेन्सले लकडाउनमा यात्रु ओसारदै

स्वामिकार्तिक गाँउपालिकाको एम्बुलेन्सले लकडाउनमा यात्रु ओसारदै

एम्बुलेन्स प्रहरी नियन्त्रणमा

  • बुधबार, बैशाख ३, २०७७
स्वामिकार्तिक गाँउपालिकाको एम्बुलेन्सले लकडाउनमा यात्रु ओसारदै

स्वामिकार्तिक गाँउपालिकाको एम्बुलेन्स लकडाउनमा यात्रु ओसारदै गरेको पाईएको छ । नेपालगञ्ज बाट बाजुराका लागि आएको शुदुरपश्चिम प्रदेश ००१ झ ३९१ नम्बरको एम्बुलेन्समा ६ जना यात्रु बोकेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख टंक प्रसाद भट्टराईले बडिमालिका खबरलाई बताएका छन् ।
नेपालगञ्ज, सुर्खेत, अछाम हुदै बाजुराका आएको उक्क्त एम्बुलेन्समा ६ जना सबै स्वामिकार्तिक गाँउपालिकाको रहेको प्रहरीले जनाएको छ । एकजना प्यारालाईसिसको बिरामी भएपनि अरु भने यात्रु नै रहेको प्रहरीले जनाएको छ । एम्बुलेन्समा बिरामीको अबस्था हेरेर बढिमा २ जना कुरुवा ल्याउन पाँउने ब्यबस्थापन भएपनि तर यो एम्बुलेन्सले भने यात्रु सहित बोकेको प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले वताएका छन् । यसरी एम्बुलेन्समा यात्रु बोक्नु सरासर गलत भएको मुद्धा चलाउने वताएका छन् ।


अछाम जिल्लामै प्रहरीले रोक्न खोजेका थियो, बाजुरामा आएर क्वारेनटाइम राख्ने भनेपछि अछाम बाट छोडेको बाजुरा प्रहरीले वताएको छ । सरकारले आवतजावत नै बन्द गरिसकेको बेला यसरी एम्बुलेन्स यात्रु बोक्दा जिल्ला जोखिम रहेको कोरोनाको जोखिम हुन सक्ने स्वास्थ्य कार्यलय बाजुराका प्रमुख कार्यलय दयाकृष्ण पन्तले वताएका छन् ।
गाँउपालिका अध्यक्ष चिरिञ्जीवि शाहिले भने एम्बुलेन्समा आएका ३ जना बिरामी रहेको बताउँछन् । तर प्रहरीले भने एम्बुलेन्समा आएकालाई सोध्दा एकजना मात्र बिरामी रहेको अरु कोही बिरामी नरहेको वताएका छन् । शाहिले भने गाँउपालिकाले ल्याउनु भनेको हैन्, तर अब आइसकेपछि गाँउपालिकाको क्वारेन्टाइमा राख्ने बताएका छन् । एम्बुलेन्स प्रहरी नियन्त्रण रहेको छ, भने आएका यात्रु भने बडिमालिका नगरपालिकाको मालिका क्वारेनटाइमा राखिएको प्रहरीले जनाएको छ ।


केही दिन पहिला मात्र बाजुराको बाह्रबिस रेडक्रस शाखाको एम्बुलेन्स लकडाउनमा यात्रु ओसारदै गरेको पाईएको थियो । धनगढी बाट बाजुराका लागि आएको से १ च ५२४ नम्बरको एम्बुलेन्समा १० जना यात्रु बोकेको बाजुरा आएको थियो । बाजुरामा बाहिर जिल्ला बाट यात्रु आउन क्रम रोकिएको छैन्, यसरी आउदा जिल्ला जोखिममा बन्ने स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार