बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • गौमुल
  • गाैमुलमा बाघले आक्रमण गरि २८ भेडा मार्याे

गाैमुलमा बाघले आक्रमण गरि २८ भेडा मार्याे

  • आइतवार, चैत्र ३०, २०७६
गाैमुलमा बाघले आक्रमण गरि  २८ भेडा मार्याे
फाइल फाेटाे

बाजुरा — जिल्लाकाे  गौमुल गाउँपालिकामा बाघको आतंक बढेको छ । यस अघि गाउँपालिकाको–१ अन्द्राडीमा बाघको आक्रमणबाट १९ भेडा मfरेको १ दिन नबित्तै फेरि वडा नम्बर २ को पौदालीमा शनिबार बाघको आक्रमणबाट करिब ९ भेडा मारेका छन् । राति १२ बजेको समयमा गाउँ नजिकैको गोठ छानामा रहेको स्थानीयका भेडालाई बाघले आक्रमण गरी मारेको अवस्थामा फेला परेका छन् ।

यस अघि बाघको आक्रमणबाट स्थानीय हिमाल रोकायाका ७ वटा, काँशी बोहराका ८ वटा, शिव रोकायाका २ वटा र माता रोकायाका २ वटा गरी १९ भेडा बाघले मारेको स्थानीय देब बहादुर रोकायाले जानकारी दिएका छन् ।

गोठ छानामा बाधेर राखेको भेडाहरुलाई गएराति बाघले भेडालाई आक्रमण गर्दा करिव २ लाख बढीको नोक्सान भएको छ । स्थानीयको आयस्रोतको रुपमा रहेको भेडा व्यवसाय पछिल्लो समय संकटमा परेका छ । यता गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले गाउँपालिकाबाट आवश्यक राहतको व्यवस्था गर्ने बताएका छन् ।

बाघको आतंकबाट स्थानीयका भेडाहरु मारेर धेरै क्षति भएको बताउँदै अध्यक्ष रोकायाले बाघ नियन्त्रणका लागि गाउँपालिकाले आवश्यक पहल गर्ने बताए । स्थानीयले लाखौंको क्षती बेहोर्नु परेको बताउँदै तत्काल क्षेती अनुसार स्थानीयलाई राहात दिने बताएका  छन् ।

चर्चामा

सम्बन्धित समाचार