बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • बुढिनन्दा नगरपालिकामा घरमै पुगेर कोरोनाका लक्षण बारे चेकजाँच शुरु

बुढिनन्दा नगरपालिकामा घरमै पुगेर कोरोनाका लक्षण बारे चेकजाँच शुरु

  • शुक्रबार, चैत्र २८, २०७६
बुढिनन्दा नगरपालिकामा घरमै पुगेर कोरोनाका लक्षण बारे चेकजाँच शुरु

बुढिनन्दा नगरपालिकाले भारत बाट आएका घरमा बसिरहेकालाई घरमै पुगेर चेकजाँच शुरु गरेको छ । भारत बाट आएर होम क्वारेन्टाइनमा बसेकालाई घरमै पुगेर कोरोनाका लक्षण बारे चेकँजाच शुरु गरेको बुढिनन्दा नगरपालिका साहयक स्वास्थ्य संयोजक ओमजंग शाहिले वताएका छन् ।
बुढिन्नदा नगरपालिका ९६ जना भारत बाट र १ जना दक्षिण कोरिया बाट नगरपालिका चैत महिना यता आएको नगरपालिकाले जनाएको छ । बुढिनन्दा नगरपालिका नगर प्रमुख पदम गिरीले भने बिदेश बाट आएका सबै होम क्वारेन्टाइनमा रहेका छन्, घरमै स्वास्थ्य कर्मी पठाएर कोरोना भाइरसको लक्षण चेकजाँच शुरु गरेको गिरीले वताएका छन् ।
गाँउमा गएर कोभिड १९ को चेकजाँच सँगै संक्रमण रोकथामका बारेमा परामर्श दिने गरेका छन् । बुढिनन्दा स्वास्थ्य शाखा, स्थानिय स्वास्थ्य संस्था र फेज नेपाल नाम गैर सरकारी संस्थाका स्वास्थ्यकर्मी गाँउ गाँउमा पुगेर स्वास्थ्य चेकजाँच गरिरहेको संयोजक शाहिले वताएका छन् । बिदेश बाट मात्र नभई अन्यको पनि चेकजाँच गर्ने गरेको स्वास्थ्यकर्मीले वताएका छन् । साथै घर घरमा पुगेर उनिहरुलाई सरसफाइका बारेमा जानकारी दिने गरेका छन् ।
बुढिनन्दा नगरपालिकाले स्वास्थ्य चेकजाँच सँगै गाँउमा खाद्य संकटको अबस्था पनि जानकारी लिएको छ । बिश्व कोरोनाको संक्रमणमा जुधिरहेका बेला बुढिनन्दा नगरपालिकाले भोकमरीका कारण बाच्नका लागि राहत प्याकेजका कार्यक्रमहरु ल्याउने तयारी गरेको बुढिनन्दा नगरपालिकाका मेयर पदम कुमार गिरीले बताएका छन् । गाउँ गाउँमा कती मान्छे छन राहत पाउने खालका मान्छेलाई कसरी राहत दिन सकिन्छ भन्ने कुरामा सबै वडाअध्यक्ष देखी कर्मचारी सबै लागिपरेका छन् नगरप्रमुख गिरीले बताए । यो समयमा स्वास्थ्यकर्मीहरु निकै जोखीममा रहेकाले स्वास्थ्यकर्मीहरुलाई हौसला प्रदान गर्न केही सघिंय सरकारले गरेको भए पनी नगरपालिकाले पनी हौसला स्वरुप भत्ताको ब्यबस्थापन गरेको नगरप्रमुख पदम गिरीले बताए ।

चर्चामा

सम्बन्धित समाचार