आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • जगन्नाथ
  • कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जगन्नाथ गाउपालिकाले यि निर्णय गरेकाे छ

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जगन्नाथ गाउपालिकाले यि निर्णय गरेकाे छ

  • शुक्रबार, चैत्र २८, २०७६
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जगन्नाथ गाउपालिकाले यि निर्णय गरेकाे छ

जगन्नाथ गाउँपािलकाले काेराेना राेकथामका लागि बिभिन्न निर्णय गरेकाे छ । गाउँपालिका अध्यक्ष कालिबहादुर शाहीकाे अध्यक्षतामा संचालन भएकाे बैठकले बिभन्न निर्णय गरेकाे जगन्नाथ गाउँपालिकाका प्रधानमन्त्री राेजगार संयाेजक लक्ष्मण जाेशीले बताएका छन् । जसमा  मिति २०७६।१२।२७ गते सम्म जगन्नाथ गाँउपालिकाले गरेका कामहरु यस प्रकार रहेका छन् ।
1) कोरोना रोकथामका लागि रु २० लाख रकम विनियोजन ।
2) ३४ बेडको क्वारेन्टाइनको बेड स्थापना -पिलुचौर कैलास मा.वि र देवलकोट मा.वि.को प्रा.वि शाखा _
3) ३ ठाँउमा हेल्थ डेस्क स्थापना (पिलुचौर,जुड्डी र तल्लो काप्री)
4) भारत बाट आएका ५० जना व्यक्तिहरुको लगत संकलन र उनिहरुको निगरानि।
5) लकडाउनका कारण हातमुख जोर्न समस्यामा परेका प्रत्येक वडाका विपन्न परिवारको लगत संकलन गरि प्रतिघर धुरीलाई रु २,००० . का दरले राहत स्वरुप चामल,नुन र तेल वितरण । वडा नं १ मा १४ घरधुरी,वडा नं २ मा १३,घरधुरी वडा नं ३ मा १०,घरधुरी वडा नं ४ मा १४ घरधुरी,वडा नं ५ मा १३ घरधुरी र वडा न ६मा १६ घरधुरी गरि जम्मा ८० घरधुरी छनौट गरिएका छन ।
6) जनप्रतिनिधिहरु बाट आफ्नो एक – एक महिनाको सुविधा कटाएर विपद व्यवस्थापन कोषमा रकम जम्मा ।
7) स्वास्थ्यकर्मिलाइ ६० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था।
औषधि खरिदका लागि रकम विनियोजन ।
9) लकडाउनको समयमा जिल्ला बाहिर अलपत्र परेका नागरिकहरुलाइ खाना खर्च र यातायातको व्ववस्था । कन्चनपुर जिल्लाको वेदकोट नगरपालिकाको चम्पापुरमा वडा नं २ का ८ जनालाई सुरक्षित रुपमा लकडाउन अवधिभर बस्ने व्यवस्था ।
10) प्रत्येक घरधुरीलाइ साबुन र मास्क वितरण ।
11) कोरोनाको रोकथामका लागि जनप्रतिनिधि,सुरक्षाकर्मी, युवाक्लव र महिलाका स्वास्थ्य स्वयम सेविका परिचालन ।
12) कोरोना बाट बच्ने उपायका बारेमा रेडियो तथा एफ.एम.हरुमा सूचना प्रशारण ।
13) वडा स्तरीय विपद व्यवस्थापन र गाँउपालिका स्तरिय विपद व्यवस्थापन समितिको नियमित बैठक
14) कोरोना संक्रमित बिरामीहरुका लागि यातायात खर्चको व्यवस्था।
15) राहत वितरण प्रक्रियामा एकद्धार प्रणाली लागु गरेको ।
16) प्रत्येक वडामा २ जना र सिमानाका पुलमा ४ जना गरि १६ जना स्वयम सेवक परिचालन ।

चर्चामा

सम्बन्धित समाचार