शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • अस्पतालका अध्यक्ष भरत थापाले कर्मचारीलाइ धम्की दिएकाे अडियो सार्बजनिक

अस्पतालका अध्यक्ष भरत थापाले कर्मचारीलाइ धम्की दिएकाे अडियो सार्बजनिक

  • बुधबार, चैत्र २६, २०७६
अस्पतालका अध्यक्ष भरत थापाले  कर्मचारीलाइ धम्की दिएकाे अडियो सार्बजनिक

 बाजुरा अस्पतालका अध्यक्ष  भरत थापाले कोष तथा लेखा नियन्त्रण कार्यालयका बाजुराका लेखापाल प्रकाश भट्टलाई टेलिफाेनमार्फत धम्की दिएकाे टेलीफाेन अडियाे सामाजिक संजालमार्फत सार्वजनिक भएकाे छ । अध्यक्ष थापाले बाजुरा जिल्लामा कम्युनिष्टले जे चाह्यो त्यही हुने बताउदै कोलेनिकाका लेखापाल भट्टलाई भेटेर दुई थप्पड हान्ने धम्की दिने अडियो  सार्वजनिक भएको छ । यो बाजुरा जिल्ला हो, यहाँ कम्युनिष्ट पार्टीले जे भन्यो त्यही हुन्छ, अस्पतालका अध्यक्ष थापाले भट्टलाई धम्क्याउदै भने , यहाँ बस्ने मन छ कि छैन । उनी त्यतिमै रोकिएनन, उनले भट्ट्लाई सोधे, तपाई कहाँ हुनुहुन्छ , भेटेर दुई चडकन हान्नु पर्ने छ हातगोडा भांच्नु प्रर्ने छ । त्यस्तो मैले के गरे हजुर ? भट्टले प्रश्न गर्दा थापाले तपाईले अफिसियल गोप्य प्रमाणहरु बाहिर ल्याएको प्रमाण मसंग छन्  अध्यक्ष थापाले साे अडियाेमा भनेका छन् ।
अध्यक्ष थापाले भट्टलाई फाेनमा अफिसियल कागज किन दिएकाे भनेर फाेन गरेकाे स्वीकार गरेका छन् । मैले अहिले सम्झाएको मात्र हूँ, थापाले भने । उनले थपे भट्टले गोप्य सरकारी प्रमाणहरु बाहिर ल्याएको बताए । भट्टले भने आफूबाट कुनै कमजोरी वा गल्ती नभएको कुनै पनि सुचना बाहिर नपठाएकाे बताएका छन् । अाफुमाथी धम्की अाएकाे स्विकार गरेका छन् ।

लेखापाल भट्टले केही दिन अगाडी काेष तथा लेखा नियन्त्रण कार्यलय बाजुराबाट बुढिगंगा नगरपालिकाका गाेप्य सुचनाहरू  नेपाली काग्रेसका केही नेतालाइ पठाएकाे अाराेपकाे  लागेकाे छ । लेखापाल भट्ट बाजुरामा हाजीर भएकाे जम्मा ६ दिन मात्र भएकाे छ । भट्ट माथी यस्ताे अाराेप लागेपछि कार्यालयकाे पनी गम्भिर ध्यानाकर्षण भएकाे कार्यालयले जनाएकाे छ ।  लेखापाल भट्ट काेलेनिका बाजुरामा अाएकाे ६ दिनमै बिबादित बनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार