बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कला /साहित्य
  • गजल यो मन अब पत्थर बनाउदै छु

गजल यो मन अब पत्थर बनाउदै छु

  • बुधबार, चैत्र २६, २०७६
गजल यो मन अब पत्थर बनाउदै छु

सुन्नुहोस यो मन अब पत्थर बनाउदै छु।
त्यहि पत्थरबाट सपनाको घर बनाउदै छु।।

यदि चाहना भए तिम्रो मलाई रुवाउने।
म बगाएरै आँसु धारा सागर बनाउदै छु।।

उसलाई मेरो घरको ढोका मन नपरे पछि।
त्यहि ढोकालाई पनि सटर बनाउदै छु।।

साँच्चै उसलाई खुशि पार्न भएपनि अब।
मनभित्र जहर पिउने रहर बनाउदै छु।।

हो माग्छौ भने मायाको हिसाब साँच्चै।
सम्झ मैले अब छुट्टै भौचर बनाउदै छु।।

प्रकाश थापा बाजुरा
हाल काठमाण्डौं

चर्चामा

सम्बन्धित समाचार