बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • नगरपालिकालाई खतरामा ल्याउने खेल हो : नगरप्रमुख शाह ( भिडीयाे सहित)

नगरपालिकालाई खतरामा ल्याउने खेल हो : नगरप्रमुख शाह ( भिडीयाे सहित)

  • मङ्लबार, चैत्र २५, २०७६
नगरपालिकालाई खतरामा ल्याउने खेल हो : नगरप्रमुख शाह ( भिडीयाे सहित)

बाजुरा २५ चैत्र — बिश्वसंगै नेपाल पनी कोरोना भाइरस बिरुद्ध लडिरहेका बेला बुढिगंगा नगरपालिका भने राजनितीमा अग्रसर भएको बुढिगंगा नगरपालिकाका प्रमुख दिपकबिक्रम शाहले बताए । यतिबेला देश बिदेश जताततै संक्रमणको जालोमा रहेको र आफु पनी नगरपालिकालाई कोरोना भाइरसबाट नगरपालिकालाई सुरक्षित गर्ने भन्ने बिषयमा चिन्ता लिइरहेका बेला हरेक दिन नयाँ नँया कुराले आफुलाई रुमाल्याई राखेको शाहले बताए ।
केही दिन अगाडी सोही नगरपालिकाका तिलक थापाले मन्त्रालय बाट नियुक्ती ल्याए त्यसको नौ दिन पछाडी नेकपाका केही नेताहरुले सोही नगरपालिकाका कर्मचारी नरेन्द्र नाथको नाममा निमित्त कार्यकारी बनाएर पठाउने खेल नै नगरपालिकामा राजनितीक रङ दिने काम भन्दा बाहेक अरु केही नभएको नगरप्रमुख शाहले बताए ।
केही अराजक तत्वले आफुलाई काम गर्न नदिने र नगरपालिकालाई खतरामा ल्याउने संकेत रहेको नगरप्रमुख शाहको भनाई रहेको छ ।
बडिमालिका खवरको नियमित बहस कार्यक्रममा नगरप्रमुख शाहले यस्तो बताएका हुन । स्थानीय तह भइसके पछि नगरपालिकामा निमित्त दिने अधिकार स्वयमं स्थानीय तहमा अधिकार रहेको भए पनी नगरपालिकालाई कुनै जानकारी नगराएर बिभिन्न खेलहरु भइरहेको नगरप्रमुख शाहको भनाई रहेको छ । उनले भने बिभिन्न राजनिती भए पनी नगरपालिकालाई कसरी अगाडी लैजाने भन्ने बिषयमा आफु निकै सचेत रहेको भए पनी काम गर्न नपाएको बताए । लामो समयदेखी प्रमुख प्रशासकिय अधिकृत नहुदा बिभिन्न कठिनाई भइरहेका बेला फेरी अर्को अर्को लफडामै झुलिनुपरेको उनले बताए ।
म आफै प्रमुख प्रशासकिय अधिकृत खोज्न काठमाण्डौँमै छु ।देश यतिबेला लकडाउनमा छ । संकमर्णकालिन अबस्थामा रहेका बेला बिभिन्न अराजक गतिबिधीले गर्दा आफु निकै कठिन परिस्थीतीमा रहेको नगरप्रमुख शाहले बडिमालिका खवरलाई बताएका छन् ।

पुरा भिडीयाे हेर्न तलकाे लिकंमा किलिक  गर्नुहाेस 

https://youtu.be/L52bx_hqn6g

 

चर्चामा

सम्बन्धित समाचार