बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अरु दिउँ कि परिचय पुग्छ (गजल)

अरु दिउँ कि परिचय पुग्छ (गजल)

  • मङ्लबार, चैत्र २५, २०७६
अरु दिउँ कि परिचय पुग्छ (गजल)

कमजोरी नसम्झौ है साथी यही आत्मा हेर ।
गोर्खाली हुँ नेपालीपन छ मेरो साथमा हेर ।।

प्रकृतिको अनुपमता यहीं छ नि सगरमाथा,
चिनिन्छ यो नेपाल नै संसारको माथमा हेर ।।

अरु दिउँ कि परिचय पुग्छ यति भए मात्र ,
झण्डा र खुकुरी देख्न सक्छौ दुवै हातमा हेर ।।

देशको निम्ति युद्ध लड्दा सहादत प्राप्त गरे,
पहिचान्न सक्छौ लाश दुनियाँको खातमा हेर ।

कमजोरी नसम्झौ है साथी यही आत्मा हेर ।
गोर्खाली हुँ नेपालीपन छ मेरो साथमा हेर ।।
-गुलाब कान्छो,बाजुरा

चर्चामा

सम्बन्धित समाचार