शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा जिल्लाका स्थानिय तहले स्थापना गरेका क्वारेन्टाईन मापदण्ड अनुसार छैनन् ।

बाजुरा जिल्लाका स्थानिय तहले स्थापना गरेका क्वारेन्टाईन मापदण्ड अनुसार छैनन् ।

सिएमए अनमीले चेकजाच गर्छन क्वारेन्टाईनमा राखेका हरुलाई

  • मङ्लबार, चैत्र २५, २०७६
बाजुरा जिल्लाका स्थानिय तहले स्थापना गरेका क्वारेन्टाईन मापदण्ड अनुसार छैनन् ।
स्वामीकार्तिक खापर गाउपालिकाले गाउपालिकाकाे केद्र सुईजिउलामा बनाएकाे क्वारेन्टाईन ।

पदमबहादुर सिंह / बाजुरा २५ चैत्र-बाजुरा जिल्लाका प्रत्येक स्थानिय तहले आ आफ्नो केन्द्र वा पाईक पर्ने स्थानका बिद्यालय वा स्वास्थ्य चौकीहरुलाई क्वारेन्टाईनको रुपमा निर्माण गरेका छन् ।
ती कुनै पनि क्वारेन्टाईन सुदुरपश्चिम सरकारले तयार पारेको मापदण्ड अनुसार नभएको पाईएको छ । बाजुरा जिल्लामा २ सय १९ जना राख्ने क्षेमता नौ ओटा क्वारेन्टाईनमा १ सय १७ जना राखिएका छन् । ती राखिएका क्वारन्टाईन कुनैमा पनि मापदण्ड अनुसार नभएको सहायक प्रमुख जिल्ला अधिकारी तथा क्वारेन्टाईन संचालन तथा ब्यबस्थापन समितिको संयोजक समीर भण्डारीले बताए । प्रदेश सरकारले बनाएको निदेर्शीका ठीक हो, तर हाम्रो जस्तो भुगोलमा निर्देशका काम लाग्दैन ब्याबहारीकताको आधारमा काम चलाउनु परेको भण्डारीले बताए । जिल्लाका सबै क्वारेन्टाईनमा त पुग्न सकिएको छैन सदरमुकामै स्थापना गरिएको क्वारेन्टाईनमा मापदण्ड अनुसार सेवा सुबिधा पुगाउन सकिएको छैन । अन्य स्थानिय तहको अवस्था त्यसै बिश्लेषण गर्न सकिन्छ उनले भने ।
मापदण्ड अनुसार सुपरिबेक्षणको लागि एमपीएच वा एमडी एक जनाले आठ घण्टाको सिप्ट, मेडीकल अधिकृत्त एक जना, प्यारा मेडिकल एक जना, ल्याव एक जना लगाएत थुपै स्वास्थ्यकर्मी को टीम हुनु पर्ने ब्यवस्था रहेको छ ।
बाजुराका क्वारेन्टाईमा राखेकाहरुको लागि अहेब अनिमीहरुले सामान्य चेक जाच गरिरहेको स्वार्मीकार्तिक गाउपालिकाका अध्यक्ष चिरन्जीबी शाहीले बताएका छन् । खान बस्नको राम्रै सुबिधा तयार पारेको तर चेकचाजको लागी मापदण्ड अुनसार उपकरण पनि छैन । र स्वास्थ्यकर्मी नहुदा उपलब्ध स्वास्थ्यकर्मीहरुले काम चलाई राखेको शाहीले बताए ।
हालसम्म बडिमालिका नगरपालिकाको मालिका माबिमा ३५ जनाकालिका आधारभूत बिद्यालयमा ३ जना त्रिबेणी नगरपालिकाको तोली स्वास्थ्य चौकीमा १८ जना बुढीगंगा नगरपालिकाको टाँटे स्वास्थ्य चोकीमा ४ जना त्रिशक्ति माबिमा ८ जना थुमा माबिमा २ राखिएका छन् । त्यसौ गरि खप्तड छेडेदह गाउपालिकाको मष्टेश्वरी माबिमा ४ जना स्वामीकार्तिक खापर गाउपालिका केन्द्र सुईजीउलामा ३४ जना र गौमुल गाउपालिकाको कृर्तिचौर माबिमा ९ जना गरि जम्मा १ सय १७ जना क्वारेन्टाईनमा राखिएको छन् ।
खाना नास्ता बस्नको ब्यवस्था राम्रो भएपनि बिशेष गरि स्वास्थ्य चेक जाचमा स्वास्थकर्मी मापदण्ड अनुसार नभएको क्वारेन्टाईनमा बसेकोहरुको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार