बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • देश
  • लकडाउनले हलिया परिवारमा खाद्य संकट

लकडाउनले हलिया परिवारमा खाद्य संकट

  • मङ्लबार, चैत्र २५, २०७६
लकडाउनले हलिया परिवारमा खाद्य संकट

पदमबहादुर सिंह / बाजुरा २५ चैत्र- साहुको हलो जोतेर दैनीक ज्याला मजदुरी गरेर परिवार पालिरहेका बाजुरा जिल्लाका हलिया परिवारमा खाद्य संकट निम्तिएको छ । नेपाल सरकारले चैत्र ११ गतेबाट लकडाउन घोषण गरेसंगै हलिया परिवारले काम पाउन छोडेपछि दैनीक ज्यालादारी गरेर परिवार पाल्ने हलिया बस्तिमा भोकमरी भएको हो ।
नेपाल सरकारबाट कुनै पनि जग्गा जमिन नभएका १५ हलिया परिवारलाई बुढीनन्दा नगरपालिका वडा नम्बर १ को तिथिचौरमा घर बनाएर बसालेका थिए । घर नेपाल सरकारले बनाई दिए पनि दैनीक ज्याला मजदुरी र साहुको काम गरेर साझ बिहानको छाक टारी रहेका उक्त बस्तिका हलिया परिवार १४ दिनसम्म जेनतेन छाक टारेपनि अहिले भने खाद्य संकट शुरु भएको स्थानिय रंगी लुहारले बताए ।
नेपाल सरकारले साबिकका जुकोट, वाई, बाधुको पीपलडाली, कोल्टिको बिरसैन लगाएतका गाबिसबाट ‘क’ बर्गका १५ हलिया परिवारलाई बुढीनन्दा नगरपालिका १ को तिथिचौरमा जग्गा खरिद गरेर घर बनाईदिएको छ । घर मात्र बने खान नपाएपछि केही परिवार घर छोडेर पुरानै गाउमा साहुको काम गर्न गए । हाल ७ परिवार मात्र तिथिचौमा बस्दै आएका छन् । तिनीहरु पनि कोल्टि बजारमा दैनीक ज्यालादारी गरेर बसेका छन्, लकगाउनले समस्या भएको नागरिक समाजका अगुवा जनेश भण्डारीले बताए ।
ढुङ्गा, गिट्टी फुटाएर बालुवा चालेर १० जनाको परिवार पालिरहेको थिए लकडाउन भएपछि त्यही काम रोकीयो भोकै बस्नु परेको हलिया परिवारका रंगी लुहारले बताए । खेति पाति लगाउन जग्गा छैन । ज्यालादारी गरेर परिवार पालिरहेको उनले बताए । जति दिन लकडाउन भयो त्यति दिन पेट भरि खान पाएको छैन लुहारले भने ।
चन्दया लुहारको १३ जनाका परिवार छ, सबै ज्यालादारी गरेर पालिएका थिए कहिलै कोल्टि बजारमा दाउरा बेचेर दाल चामल किनेर खान्यौ कहिले कसैको खेतमा काम गरेर पोर्सो बोकेर दैनीकी चलाईरहेका थियौ लकडाउन लागेपछि कोल्टि बजार बन्द भयो दाउरा न लिन जान पायौ, बजार बन्दछ दाउरा बिक्रि गर्न पाईदैन । खेतबरिको काम सबै बन्द भएपछि भोकै बस्नु परेको उनले बताए ।
तिथिचौरमा हाल ७ परिवारका ६५ जना बस्छन । सबैको समस्या ज्यालादारी नचलेर भोकै बस्नु परेको दलु नेपालीले बताए । सबै कोल्टि, लिलुचौर लगाएतका बजारमा ज्यालादारी गरेर साहुको काम गरेर दैनीकी चलाई रहेका नेपालीले बताए ।
हलिया परिवारको आफ्नै नामको जमिन समेत छैन । नेपाल सरकारले बनाई दिएको घरमा बस्दै आएका छन् । ढुङ्गा गिट्टी कुटेर दाउरा बेचेर जमाएको अन्नपात छाक बिराएर खादा पनि सकिएको धनी लुहारले बताए । ‘लकडाउन सुरु भएपछि छाक टार्ने माध्यम नै बन्द भयो, स्थानिय मन सार्कीले भने । घरमा नुन, तेल र चामल जस्ता खानेकुरा सकिएको छ । काम गर्न पनि नहुने र बजार जान पनि नमिल्ने भएपछि आफूलाई सरकारले राहातको ब्यवस्था गर्नु पर्ने उनीहरुले बताए ।
लकडाउन लम्बिदै गएको र भोको पेट बस्न नसकीय पछि आज तिथिचौरका ७ हलिया परिवारले संयूक्त रुपमा बुढीनन्दा नगरपालिकालाई राहातको लागि निबेदन दिएको स्थानिय रंगी लुहारले बताए ।
बाजुरा जिल्लामा कुल १ हजार ३ सय ५३ मुक्त हलिया घर संख्या रहेकोमा ‘क’ वर्गमा १ सय ३२, ‘ख’ वर्गमा २ सय ४६, ‘ग’ वर्गमा १ सय ५० र ‘घ’ वर्गमा ८ सय २५ गरि जम्मा १ हजार १ सय ८९ जनालाई सरकारले परिचय पत्र वितरण गरेको छ । बाजुरा जिल्लाका अधिकांश हलिया परिवारलाई नेबेल कोरोना रोकथामको लागि बिकास निमार्ण देखी सबै काम बन्द भएपछि बाजुरा जिल्लाका हलियाको साझ बिहानको छाक बन्द भएको स्थानिय गोरख सार्कीले बताए ।
बुढीनन्दा नगरपालिकाका मेयर पदम गिरीले हलिया परिवार देखी अन्य दैनीक ज्यालादारी गरेर खानेको दैनीकीमा समस्या आएको सत्य भएको बताए । उपलब्ध नगरकार्यपालिकाका सदस्यहरुको उपस्थितिमा बैक बसाएर कोरोना रोकथाम तथा आपतकालिन कोषमा रकम बिनियोन गरिएको बताए । आपत्कालिन कोषमा ५० लाख रकम बिनियोजन गरेको गिरीले बताए । यसै रकम बाट नगरपालिकाका सबै वडाका मज्दुर ज्यालादारी र हलिया समुदायको तथ्याङ्क संकलन गरेर उचित राहत दिने निर्णय कार्यपालिकाले गरेको बताए ।

चर्चामा

सम्बन्धित समाचार