मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • सेती र महाकाली अस्पतालमा ५०/५० शैयाको कोरोना उपचार केन्द्र स्थापना हुने

सेती र महाकाली अस्पतालमा ५०/५० शैयाको कोरोना उपचार केन्द्र स्थापना हुने

  • मङ्लबार, चैत्र २५, २०७६
सेती र महाकाली अस्पतालमा ५०/५० शैयाको कोरोना उपचार केन्द्र स्थापना हुने

धनगढी : सेती प्रादेशिक र महाकाली अस्पतालमा ५०÷५० शैयाको कोरोना उपचार केन्द्र स्थापना हुने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रि–फ्यावको भवन निर्माण गरी छुट्टै उपचार केन्द्र स्थापनाको तयारी भएको जनाएको छ।

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले प्रेस ब्रिफिङ मार्फत त्यस्को जानकारी दिएका हुन्। कोरोना भाईरसको रोकथाम र सुदूरपश्चिमको अहिले सम्मको अवस्था बारे जानकारी दिदै कार्कीले भने, ‘कोरोना संक्रमितको उपचारका लागि छुट्टै भवन निर्माण गरी सेती र महाकाली अस्पतालमा ५०÷५० शैयाको कोरोना उपचार केन्द्र स्थापनाको प्रक्रिया सुरु भईसकेको छ।’

चैत १५ गतेको प्रदेश मन्त्रीपरिषद्को बैठकले सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको थियो। तर अन्य विरामीहरुका लागि बैकल्पिक व्यवस्था नहुँदा समस्या थियो। कोरोनाका संक्रमित, शंकास्पद र अन्य रोगका बिरामीको एउटै अस्पतालमा उपचार हुँदा जोखिम बढेको थियो। साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार