बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिम सरकारका पूराना निर्णय सुनाएर सकियो मुख्यमन्त्रीको सम्बोधन (पूर्णपाठ सहित)

सुदूरपश्चिम सरकारका पूराना निर्णय सुनाएर सकियो मुख्यमन्त्रीको सम्बोधन (पूर्णपाठ सहित)

  • आइतवार, चैत्र २३, २०७६
सुदूरपश्चिम सरकारका पूराना निर्णय सुनाएर सकियो मुख्यमन्त्रीको सम्बोधन (पूर्णपाठ सहित)

विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) ले नेपालमै सुदूरपश्चिममा दोस्रो चरणमा पुगिसकेका बेला मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशबासीका नाममा आज दिउँसो सम्बोधन गरे। दिउँसो १ बजे मात्र प्रदेशबासीका नाममा सम्बोधन गर्न लागेको कुरा मुख्यमन्त्रीको नीजि सचिवालयले सार्वजनिक गरेको थियो।

प्रदेशमा कोरोना भाईरस संक्रमितको संख्या चार पुगिसकेको बेला पहिलो पटक प्रदेशबासीलाई सम्बोधन गर्न पुगेकाले मुख्यमन्त्रीले कुनै विशेष योजना सुनाउने र ठोस कदम चाल्ने अपेक्षा गरिएको थियो। तर उनको सम्बोधनमा खासै नयाँ कुरा अटाएनन्।

उनले आफ्नै अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले कोरोना भाईरससँग लड्न यसअघि गरेका निर्णयका बारेमा सुनाएर सम्बोधन सकेका छन्।

सम्बोधनका क्रममा मुख्यमन्त्रीले कोरोना भाईरसको संक्रमण रोकथाम, परिक्षण तथा उपचारको व्यवस्थापनका लागि स्थानीय तह र संघिय सरकारसँग निरन्तर समन्वयमा रहेको, बाहिरबाट आएकालाई क्वारेन्टाईनको व्यवस्था गरिएको, रोकथामका लागि ४० करोडको राहत कोष स्थापना गरिएको, प्रदेशका तीन ठाउँमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरिएको लगायतका मन्त्रीपरिषद् बैठकका निर्णय सुनाएका छन्।

तर उनको सम्बोधनमा महामारीका रुपमा देखिएको कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि कुनै ठोस र नयाँ योजना नअटाएपछि अहिले सामाजिक सञ्जालमा आलोचना भईरहेको छ।

मुख्यमन्त्रीको सम्बोधनको पूर्ण पाठ

चर्चामा

सम्बन्धित समाचार