शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • लकडाउनको प्रभाव : बाख्रा चराउन पनि रोक

लकडाउनको प्रभाव : बाख्रा चराउन पनि रोक

  • मङ्लबार, चैत्र १८, २०७६
लकडाउनको प्रभाव : बाख्रा चराउन पनि रोक

बाख्रा डोहो-याएर लकडाउन तोड्न खोज्नेहरुलाई क्याटलान प्रहरीले कडा चेतावनी दिएको छ । प्रहरीका अनुसार यस्ता गतिविधि गर्नेलाई कडा जरिवाना हुनसक्छ ।

बिहीबार क्याटलान पुलिसले बाख्रा चराइरहेका एक मानिसको फोटोसहित यस्तो सन्देश जारी गरेको हो ।

कोरोना भाइरसको बिगबिगीपछि स्पेनमा सरकारले गरेको लकडाउन उल्लंघन गर्न खोज्ने धेरैलाई प्रहरीले जरिवाना गराइसकेको छ । ‘न सुगा, न भियतनामी सुँुगुर न हामीले पालाफ्रुगेलमा देखेजस्तो बाख्रा लिएर सडकमा आउन र नियम उल्लंघन गर्न नै पाइनेछ,’ क्याटलान प्रहरीले जारी गरेको सन्देशमा भनिएको छ ।

स्पेनमा लकडाउनबाट आजित भएका केही मानिस आफ्ना घरेलु जनावर लिएर बाहिर निस्कने गरेको खबर आइरहेका छन्, केहीले कुकुर लिएर निस्किएका छन् र प्रहरीले सोधीखोजी गर्दा उनीहरुले भागेका कारण खोज्न निस्किएको भनेर जवाफ दिने गरेका छन् ।

स्पेनमा गत सातादेखि लकडाउन घोषणा भएयता बार्सिलोनामा मात्रै स्थानीय प्रहरीले नियम उल्लंघन गर्न खोज्ने २ हजार ३ सय ९१ जनालाई बिहीबारसम्म कारबाही गरेको छ, उनीहरु बिना कारण शहरमा बाहिर निस्किएका थिए ।

त्यस्तै ९ हजार ७ सय १५ जनालार्य चेतावनी दिएर छोडिएको छ । यसअघि बुधबारसम्म नियम तोड्न खोज्नेको संख्या १ हजारभन्दा कम थियो, यस्तो संख्या बढेसँगै अधिकारीहरु चिन्तित देखिएका छन् । सरकारले खाद्यवस्तु, औषधी खरिद वा स्वाथ्यकेन्द्रमा चेकजाँच वा स्वास्थ्यकर्मीलगायत अत्यावश्यक कर्मचारीलाई कार्यालय जान दिनेबाहेक अन्य सबै काममा घुमडुल रोक लगाएको छ ।

 

Mossos @mossos Ni canaris, ni porcs vietnamites, ni una cabra com aquesta que hem vist avui a Palafrugell són excusa per sortir al carrer i trencar el confinament. Si us plau,

View image on Twitter
–एजेन्सीको सहयोगमा रातोपाटीको अनुवाद

चर्चामा

सम्बन्धित समाचार