शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • सेल्फ-क्वारेन्टाइनबाट अभिनेत्री वर्षा भन्छिन् : ‘कोरोनाको टेन्सन सकिएपछि चीन घुम्न जानुपर्ला ’

सेल्फ-क्वारेन्टाइनबाट अभिनेत्री वर्षा भन्छिन् : ‘कोरोनाको टेन्सन सकिएपछि चीन घुम्न जानुपर्ला ’

  • सोमवार, चैत्र १७, २०७६
सेल्फ-क्वारेन्टाइनबाट अभिनेत्री वर्षा भन्छिन् : ‘कोरोनाको टेन्सन सकिएपछि चीन घुम्न जानुपर्ला ’

काठमाडौं —  कोरोना भाइरसको संक्रमणबाट सर्वसाधारणलाई जोगाउन सरकारले गरेको ‘लकडाउन’ निणर्यबाट अन्य क्षेत्र जस्तै चलचित्र गतिविधि समेत ठप्प भएको छ ।

सम्पूर्ण कलाकार अहिले ‘सेल्फ क्वारेन्टाइन’मा घरको चार कुनामा खुम्चिएर बस्न बाध्य भएका छन् । यस्तो अवस्थामा कलाकारको फिल्म तथा पुस्तक साथी हुने गरेको उनीहरुको समाजिक संजालबाट अनुमान लगाउन सकिन्छ ।

अभिनेत्री बर्षा सिवाकोटी समेत यो लकडाउनमा घरको बाहिर निस्किएकी छैनन् । लकडाउन सुरु हुन केही दिन अगाडि फिल्म ‘परदेशी २’को छायाँकन रोकिएको कारण पोखराबाट काठमाडाैं फर्किएकी उनले लकडाउनको समय पुरा घरमा सदुपयोग गरिरहेको बताएकी छन् ।

यस्तैमा उनले हालै लकडाउनको तनाव आफ्नो सामाजिक संजालबाट पनि पोखेकी छन् । उनले लकडाउन सकिएपछि चीन घुम्न जाने योजना रहेको समेत जनाएकी छन् ।

उनले लेखेकी छन् ‘सोचिरहेकी छु । यो कोरोनाको टेन्सन सकियोस् । भ्याकेसनका लागि चिन घुम्न जानुपर्ला ।’

अभिनेत्री वर्षाले व्यङ्ग्यको रुपमा कोरोना चीनबाट फैलिएको कारण यसको तनाव पनि चीन घुमेर भुल्ने लेखेकी हुन् ।

वर्षा पछिल्लो समयकी व्यस्त अभिनेत्री मध्येकी एक हुन् । कोरोनाको कारण उनको सबै फिल्मको छायाँकन प्रभावित भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार