शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • स्वामीकार्तिक गाँउपालिकाले सुरु गर्यो एम्बुलेन्स सेवा

स्वामीकार्तिक गाँउपालिकाले सुरु गर्यो एम्बुलेन्स सेवा

  • शुक्रबार, चैत्र १४, २०७६
स्वामीकार्तिक गाँउपालिकाले सुरु गर्यो एम्बुलेन्स सेवा

अनिल शाही

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले जिल्लामै पहिलो पटक आफ्नै लगानिमा एम्बुलेन्स खरीद गरी सेवा सूचारु गरेको छ । स्वामीकार्तिक खापर गाउँपालिका लगाएत कुण्डा क्षेत्रका स्थानीय बिरामीलाई लक्षित गर्दै स्वामीकार्तिक खापर गाउँपालिकाले एम्बुलेन्स सेवा संचालनमा ल्याएको गाउपालिकाका अध्यक्ष चिरन्जीवी शाहीले बताएका छन् ।

स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरन्जीवि शाहीले स्वामीकार्तिक खापर गाउँपालिकामा एम्बुलेन्स सेवा अति आबश्यक रहेको वताए। साथै बाजुराका अन्य स्थानीय तह र ब्यापारको सिलसिलामा कुण्डा क्षेत्रमा बसोबास गर्ने अन्य जिल्लाका दुखी गरीव विरामीले पनि सेवा लिने वताए ।  स्वामीकार्तिक खापर गाउँपालिका सूचना अधिकारी कुमेर शाहीले बाजुराको स्वामीकार्तिक गाउँपालिका लगाएत बाजुराका अन्य स्थानिय तह हुम्ला मुगु र कालिकोटका विभिन्न गाउँपालिका र नगरपालिकामा हुने बिरामीहरुलाई सहज ढङ्गले एम्बुलेन्स सेवा उपलब्ध गराउने उद्धेश्यले गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा संचानमा ल्याएको वताए । उहाका अनुसार बिकट बस्तिमा सेवा संचालन गर्न केहि चुनौति भएपनि एम्बुलेन्स सेवा शुल्कमा सर्वशुलभ हुने भन्दै गाउँपालिकाले तत्काल एम्बुलेन्स संचालन कार्य्विधि बनाएर नियमित स्थानीयलाई सेवा दिने जानकारी दिए । बाजुराका अधिकाँस बिरामीले अकालमै ज्यान गुमाउनु परेको अवस्थामा एम्बुलेन्स सेवाले सहयोग पुग्ने स्थानिय वासि मेगराज शाहीले खुसी ब्यक्त गरे।

गाउँपालिकाले यस अधि आफ्नै लगानिमा डोजर खरीद गरी सडक निर्माणकार्यमा समेत तिब्रता दिएको छ भने कर्णालि नदिमा राफ्टीङ्ग प्रत्यक वडामा स्वास्थ्य सस्था स्थापना गणूतरी शिक्षा प्रदानका लागि स्वयमसेवक शिक्षक नियुक्ती संचार खानेपानि लगाएतका उत्कृष्ट कामहरु गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार