शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • चितवनको कोरोना अस्पतालमा मृत्यु हुने किड्नीका बिरामी अस्पतालकाे बिज्ञप्ती सहित

चितवनको कोरोना अस्पतालमा मृत्यु हुने किड्नीका बिरामी अस्पतालकाे बिज्ञप्ती सहित

  • मङ्लबार, चैत्र ११, २०७६
चितवनको कोरोना अस्पतालमा मृत्यु हुने किड्नीका बिरामी अस्पतालकाे बिज्ञप्ती सहित

चितवन : भरतपुर कोरोना अस्पतालमा राखिएका एक जना विरामीको मृत्यु भएको छ। उपचारको क्रममा मंगलबार बिहान ७ बजे विरगञ्जका ३० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो।

उनको मृत्युको कारण भने खुल्न सकेको छैन्। उनी चैत्र ९ गते साँझ कोरोना अस्पताल भर्ना भएका थिए। यादवलाई चितवन मेडिकल कलेजले रिफर गरेर कोरोना अस्पताल पठाएको थियो।

यादव किड्नीका रोगी थिए। किड्नीमा लाग्ने रोग लुपस भएका उनलाई ज्वरो र निमोनिया देखिएपछि कोरोना अस्पताल रिफर गरिएको थियो। उनको स्वाप थ्रो परिक्षणका लागि मंगलबार काठमाठौ पठाइएको छ। उक्त रिपोर्ट आएपछि मात्रै मृत्युको कारण पहिचाना हुने कोरोना अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले अन्‍नपूर्ण अनलाइनलाई जानकारी दिए। ‘किड्नीमा लाग्ने लुपस देखिएको छ’ डा. अधिकारीले भने ‘ कोरोना हो कि होइन अहिले भन्ने अवस्था छैन्। रिपोर्ट आएपछि मात्रै थाहा हुन्छ।’

कोरोना अस्पतालको जनरल वार्डमा राखिएका उनलाई स्वास्थ्यमा थप समस्या भएपछि विहान मात्रै आईसियुमा सारिएको थियो।

चर्चामा

सम्बन्धित समाचार