शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • गौरीफन्टा नाकामा तनाव, जवरजस्ती नेपाल प्रवेश गर्ने प्रयास

गौरीफन्टा नाकामा तनाव, जवरजस्ती नेपाल प्रवेश गर्ने प्रयास

  • मङ्लबार, चैत्र ११, २०७६
गौरीफन्टा नाकामा तनाव, जवरजस्ती नेपाल प्रवेश गर्ने प्रयास

गौरीफन्टा नाकामा अलपत्र परेका सयौँ नेपाली सुरक्षा घेरा छिचोल्दै नेपाल प्रवेश गर्न थालेका छन्। उनीहरु दशगजना क्षेत्रबाट नेपाली भुमीमा प्रवेश गरिसकेका छन्।

मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरलाई रोक्ने प्रयास गरिरहेको छ। यद्यपी कतिपय नेपालीहरु भने भागेर नेपाल प्रवेश गरिसकेका छन्।

संघीय सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश अनुमती दिने निर्णय गरेपनि आज विहानैदेखि लकडाउन गरिएपछि सीमामा पुगेका नेपालीहरुलाई प्रवेशमा रोक लगाईएको थियो।

गौरीफन्टा नाकामा सयौँ नेपाली अलपत्र परेका छन्। संघीय सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश अनुमती दिने निर्णय गरेपनि आज विहानैदेखि लकडाउन गरिएपछि सीमामा सयौँ नेपाली अलपत्र परेका हुन्।

गौरीफन्टा नाकामा अलपत्र नेपालीको नारावाजी

अलपत्र नेपालीहरुले आफ्नो देशमा प्रवेश गर्न पाउनुपर्ने माग गर्दै सीमामा नारावाजी गरिरहेका छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सोमवार साँझ सम्म नाकामा पुगेका सबैलाई नेपाल प्रवेशको अनुमती भएपनि राती समेत आउने क्रम जारी भएकाले उनीहरु सीमा क्षेत्रमै बसेको बताए।

उनीहरुलाई प्रवेश अनुमती दिने वा नदिने विषयमा कुनै निर्णय हुन नसकेको प्रमुख जिल्ला अधिकारी बोहराले बताए। आज विहान ६ बजेदेखि नै सिङगो नेपाल लकडाउन भईसकेको छ। सरकारले घर बाहिर समेत निस्किन नपाईने बताएको छ भने अनुमती प्राप्त सवारी मात्रै सञ्चालन गर्न दिएको छ।

 

चर्चामा

सम्बन्धित समाचार