शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रवास
  • कतार एअरवेजको फ्लाइट नम्बर ‘क्यू आर ६५२’, जहाँ कोराना संक्रमित युवतीसँगै थिए २ सय ५ यात्रु

कतार एअरवेजको फ्लाइट नम्बर ‘क्यू आर ६५२’, जहाँ कोराना संक्रमित युवतीसँगै थिए २ सय ५ यात्रु

  • मङ्लबार, चैत्र ११, २०७६
कतार एअरवेजको फ्लाइट नम्बर ‘क्यू आर ६५२’, जहाँ कोराना संक्रमित युवतीसँगै थिए २ सय ५ यात्रु

मार्च १७ अर्थात् चैत ४ गते कतारको दोहाबाट नेपाल आएकी एकजना यात्रुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उक्त फ्लाइटमा आएका अन्य यात्रुको पनि खोजी सुरु भएको छ । कतारको दोहाबाट उडान भरी चैत ४ गते बिहान १०ः३० बजे नेपाल उत्रेकी उक्त यात्रुलाई कोरोनाको संक्रमण पुष्टि भएको सरकारले सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

तर उक्त जहाजमा यात्रा गरेका अन्य २ सय ५ जना यात्रुहरुलाई भने अझै पनि क्वारेन्टाइनमा राखिएको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार कतारको दोहाबाट फ्लाइट नम्बर क्यू आर ६५२ नम्बरको फ्लाइटबाट उनी नेपाल आएकी थिइन् । प्राधिकरणका अनुसार उक्त दिन त्यो जहाजमा २ सय ५ जना यात्रु रहेका थिए ।

कतारको दोहाबाट स्थानीय समय अनुसार मार्च १७ को बिहान ३ बजेर ५ मिनेटमा उडेको एअरवेजको जहाज मार्च १७ को बिहान १०ः३० बजे नेपाल आइपुगेको थियो । त्यही जहाजमा हाल संक्रमण पुष्टी भएकी युवती पनि रहेकी थिइन् ।

चर्चामा

सम्बन्धित समाचार