शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • कोरोनाको आशंकामा तीनजना बालक कान्तिको आइसोलेसनमा

कोरोनाको आशंकामा तीनजना बालक कान्तिको आइसोलेसनमा

  • सोमवार, चैत्र १०, २०७६
कोरोनाको आशंकामा तीनजना बालक कान्तिको आइसोलेसनमा

काठमाडौं- कोरोना भाइरसको आशंकामा कान्ति बाल अस्पतालमा तीन जना बालक आइसोलेसन वार्डमा भर्ना गरिएका छन्।

सोमबार दुईजना र आइतबार एकजना बालक आइोलेसन वार्डमा भर्ना भएको अस्पतालले जनाएको छ।

उनीहरु चीन, भारत र कतारबाट फर्किएको अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनीहरुमा कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएकाले भर्ना गरेर राखिएको उनले बताए। एक जनाको सोमबार बेलुकी र दुईजनाको मंगलबार मात्र रिपोर्ट आउने अस्पताले जनाएको छ।

यसअघि कोरोनाको आशंकामा अस्पतालमा तीन जना भर्ना भएका थिए । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो।

चर्चामा

सम्बन्धित समाचार