शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • कार्यलयमा सेवा लिदा पहिला अनिवार्य हात धुनु पर्ने

कार्यलयमा सेवा लिदा पहिला अनिवार्य हात धुनु पर्ने

  • सोमवार, चैत्र १०, २०७६
कार्यलयमा सेवा लिदा पहिला अनिवार्य हात धुनु पर्ने

कोरोना भाईरस (कोभिड १९) बच्न बाजुरामा सरकारी तथा गैर सरकारी कार्यलयले अनिवार्य हात धुनुपर्ने ब्यबस्थापन गरेको छ । अत्याबश्यक कामका लागि सेवा लिन जानुपरे कार्यलयको गेटमा साबुनपानिको ब्यबस्थापन गरिएको छ, हात धुएर मात्र कार्यलयमा प्रबेश गर्न लगाउने गरेको प्रमुख जिल्ला अधिकार गंगा प्रसाद न्यौपानेले वताएका छन् ।
जिल्लाका ९ वटा स्थानिय तह सरकारी कार्यलय, गैर सरकारी संस्थाले चेतना फैलाउने काम भएको छ । बडिमालिका नगरपालिकाले नगरपालिकाको गेटमै पानि र सेनिटाइजरको ब्यबस्थापन गरेको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले वताएका छन् । एकजना कर्मचारीलाई सरसफाई बारे जानकारीका साथै हातधुन लगाउने गरेको नगरप्रमुख बडुवालले वताएको छ ।
जिल्ला अस्पताल बाजुरामा आउने बिरामी तथा सेवाग्राहीले अनिवार्य हात धुएर मात्र अस्पतालमा प्रबेश गर्न लगाएको छ । गेटमै पानि र साबुनको ब्यबस्थापन गरेका छौ, एकजना कर्मचारी समेत खटाएर हात धुन लगाउने र चेतना दिने काम भइरहेको अस्पतालका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् ।
बाजुरामा त्यो सँगै जनप्रतिनिधि, कर्मचारी टोल टोलमा पुगेर कोरोना भाईरसका लक्षणका बारेमा जानकारी साथै बच्ने उपाय समेत दिइरहेका छन् । बुढिगंगा नरपालिकाले टोल टोलमा पुगेर कोरोना भाईरस बारे जानकारी दिने पोष्टर बितरण गर्ने गरेको बुढिगंगा नगरप्रमुख दिपक बिक्रम शाहले वताएका छन् । नगरपालिकाका टोलटोलमा जनप्रतिनिधि कर्मचारी र स्वास्थ्यकर्मी परिचालन भएका छन् । गाँउघरमा पुगेर कोरोना भाईरस बाट सरसफाइमा ध्यान दिने साबुन पानिले हात धुने धेरै भिडभाड नगर्ने जस्ता चेतना मुलक जानकारी गरिरहेको शाहले वताएका छन् ।
बुढिगंगा नरपालिकाले बाजुरा र अछामको सिमाना डाब बजारको इकडी गाड पुल नजिकै हेल्थ डेक्स स्थापना गरेको छ । एक जना एचए, एक जना ल्याव गरि दुईजना स्वास्थ्य कर्मी र दुई जना प्रहरी खटाईएको बुढीगंगा नगरपालिकाका स्वास्थय संयोजग दिपक शाहले वताएका छन् । स्वास्थ्य चेकजाँच सँगै कोरोना भाइरस सम्बन्धि जानकारी दिने काम भएको शाहले वताए । दैनिक बाजुरामा सयौको संख्यामा भित्रिने भएकाले बाजुराको नाकामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य जाँच गरिएको छ ।
जिल्लाका सरकारी कार्यलयमा पनि कोरोना भाइरस सम्बन्धि जानकारी दिने काम भइरहेको प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले वताएका छन् । सबै कार्यलयमा अनिवार्य हात धुने ब्यबस्थापन सँगै सिकाउने गरेको उनले वताए । स्वास्थ्य चेकजाँचका लागि जिल्लाका ४ वटा ठाँउमा हेल्थ डेक्स स्थापना भएका छन् । बुढिगंगाको डाब बजार, बडिमालिकाको मार्तडी, बुढिनन्दाको कोल्टि र जगन्नाथको जुडिमा स्थापना भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले वताए । यो बेला शहर पढन गएका र काम गर्न भारत गएका सबै घरफिर्ता भइरहेका छन् । यसले गर्दा पनि कोरोनाको उच्च जोखिममा बाजुरा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार