शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • जगन्नाथ
  • नेकपा बाजुराका कार्यालय सदस्य मृत्त भेटिए

नेकपा बाजुराका कार्यालय सदस्य मृत्त भेटिए

  • शुक्रबार, चैत्र ७, २०७६
नेकपा बाजुराका कार्यालय सदस्य मृत्त भेटिए

बाजुरा ७ चैत्र- नेपाल कम्यूनिष्ट पार्टी नेकपा बाजुरा जिल्ला कमिटि एक जना कार्यालय सदस्य मृत्त अबस्थामा फेला परेका छन् । जगन्नाथ गाउपालिका ५ का कुबेर सार्की भनिने नयाराम बिक आज बिहान मृत्त अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दानबहादुर राेकायाले जानकारी दिएका छन् ।
बिक जगन्नाथ गाउपालिका ५ पाउनी जिउला भन्ने ठाउमा मृत्त अबस्थामा भेरीएको भन्ने खबर आएको निरिक्षक रोकायाले बताए । जुडी प्रहरी चौकीबाट खटिएको टोली घटना स्थलमा पुगिसकेको र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरिक्षक टंकप्रशाद भट्राईको नेतृत्वामा पनि आज बिहानै टोली गएको रोकायाले बताए । घटना के कति कारणले भएको हो भन्ने बिस्त्तृत बिबरण आउन बाकी छ । जिल्लाबाट गएको टोली पुगे पछि आउने उनले बताए ।
जगन्नाथ गाउपालिकाका प्रबक्ता डबल बिकका अनुसार नयाराम बिक एक जना एकल महिलाको घर नजिकै मृत्त भेटिएको बताए । हिजो साझ साथीहरुसंगै उक्त महिलाको घरमा मदिरा सेवन गरेको बुझिएको छ । संगैका साथीहरु गोपी कामी र यूद्धविर भनिने चन सार्की उनलाई छोडेर रातिनै घर गएका बुझिएको उनले बताए ।
नयारामा बिक तत्कालिक नेपका माओबारीका बटालियान कमाण्डर समेत हुन् । अहिले उनलाई घटना स्थलमा प्रहरीकाे निरगारीमा राखिएकाे र जिल्लाबाट गएकाे प्रहरी नायब उपरिक्षककाे टोली पुगेर मुचुल्का गरि अनुसन्धान थालेएपछि  लास कोल्टि प्राथामीक स्वास्थ्य केन्द्रमा पोष्टमाटमको लागि ल्याईने प्रहरी निरिक्षक दानबहादुर राेकायाले बताए ।

चर्चामा

सम्बन्धित समाचार