शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • राम्री नछान्ने “रुक्सल” को निर्णय गजल

राम्री नछान्ने “रुक्सल” को निर्णय गजल

  • बिहिबार, चैत्र ६, २०७६
राम्री नछान्ने “रुक्सल” को निर्णय गजल

माने सधै तिम्रो माया भयो मान्दिन म।
शान्त पार्छु आफ्नै मनलाइ राम्री छान्दिन म।।

पिरथिको खेल मैदानमा आफै बलिङ गरि।
ब्याटिङ गरि आउट हुनलाई चौका छक्का हान्दिन म।।

भइ सक्यो ढुंगाको मन पगाल्न कोहि आए।
बैरी ठान्छु बाकी ध्यान आफुतिर तान्दिन म।।

आफु बाचे सबै कुरा पूरा हुन्छ भनी।
बस्छु बरु मन्त्र पढी अरु केही जान्दिन म।।

न पर्नुथ्यो तिम्रो भर परे गल्ती मेरै थियो।
खुशी हुनु मेरि सानू तिम्रो गल्ती ठान्दिन म।।

रुगम रावल “रुक्सल”
बुढिगङ्गा नगपालिका -10 बाजुरा

चर्चामा

सम्बन्धित समाचार