• होमपेज
  • बाजुरा बिशेष
  • जिल्ला अस्पतालमा आईसोलेसन कक्ष स्थापना चार ठाउमा हेल्थ डेक्स

जिल्ला अस्पतालमा आईसोलेसन कक्ष स्थापना चार ठाउमा हेल्थ डेक्स

  • बिहिबार, चैत्र ६, २०७६
जिल्ला अस्पतालमा आईसोलेसन कक्ष स्थापना चार ठाउमा हेल्थ डेक्स

पदमबहादुर सिंह / बाजुरा ६ चैत्र- बिश्व ब्यापीरुपमा फैलिएको कोरोना बाईरस (कोभिड १९) फैलिज नदिन जिल्ला प्रशासन कार्यालय बाजुराले सर्तकता अपनाउन सबै स्थानिय तहलाई पत्राचार गरेको छ । भने जिल्ला अस्पताल बाजुरामा आईसोलेसन कक्षको स्थापना गरिएको छ । ती शैयाको आईसोलेसन कक्ष स्थापना गरि आवश्यक औषधि जनशक्तिको प्रबन्ध गरिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माले जानकारी दिएको छ । अग्रीम तयारीको रुपमा तीन शैयाको आईसोलेसन स्थापना गरिएको भएपनि आबश्यकताको आधारमा शैया थप्नसक्ने तयारी गरेको बिश्वकर्माले बताए ।
जिल्ला अस्पतालमा आईसोलेसन स्थापना गरिएसंगै जिल्लाका नौ ओटा स्थानिय तहका स्वास्थ्य सस्थामा कार्यरत कर्मचारीहरुलाई कोरोना भाईरस सम्बन्धि जनचेत्तना र रोकथामको बारेमा प्रचार प्रशार गर्न निर्देशन गरिएको डाक्टर बिश्वकर्माले बताए । कोरोना कस्तो रोग हो । रोग देखा पर्दा देखीने लक्षणहरु रोग कसरी सर्दछ र रोगबाट बच्ने उपाएहरुको बारेमा जानकारी दिन महिला स्वास्थ्य स्वायम सेविका स्वास्थ्यकर्मी लगाएत लाई सबै स्थानिय तहका बस्ति बस्तिहरुमा जनचेतना फैलाउन निर्देशन गरिएको उनले बताए । त्यसै बाजुरा जिल्लामा आगमन हुने चार ओटा नाकाहरुमा हेल्थ डेक्स स्थापना गर्ने निर्णय गरिएको छ । हेल्थ डेक्स रहने नाकाहरुमा साफे मार्तडी सडकमा पर्ने अछाम जिल्लासंग जोडिएको डाब बजार, सदरमुकाम मार्तडी बस पार्क,कोल्टि बिमानस्थल र कालिकोट जिल्लाको नाका जुड्डीमा स्थापना गरिने भएका छन् ।
बुधबार जिल्ला दैबीक प्रकोप उद्धार समितिको बैठक बसी कोराना भाईरस रोग लाग्न नदिन यसबारे सचेतना जगाउन सबै सरोकारवालाहरुलाई आग्रह गरेको छ । बैठकबाटै हेल्थ डेक्स स्थापनाको लागि निर्णय भएपनि त्यसको ब्यबस्थापनको लागी सम्बन्धित स्थानिय तहलाई जिम्मा दिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपानेले जानकारी दिएको छ । हाललाई चार स्थानमा हेल्थ डेक्स स्थापना गर्न भनिएको छ । आवश्कताको आधारमा अन्यठाउमा पनि स्थपान गर्न सकिने न्यौपानेले बताए । तालिम प्राप्त जनसक्ति उपकरण औषधि अभाब रहेको छ त्यसको ब्यबस्थापनको लागी सम्बन्धित निकायसंग समन्वयको लागी भनिएको न्यौपानेले बताए । स्वास्थ्यकर्मीलाई तालिमको ब्यबस्था जिल्ला अस्पतालको जिम्मा दिएको छ । भने उपकरण र औषधिको लागी सम्बन्धित स्थानिय तहलाई जिम्मा दिएको बताएको छ ।
संक्रमणको सम्भावित जोखिमलाई ख्याल गर्दै उच्च सतर्कता अपनाईएको जिल्ला प्रशासन कार्यालय बाजुरेले जनाएको छ । बाहिर जिल्लाबाट प्रवेश गर्ने नाकाहरुमा हेल्थ डेस्क राख्ने निर्णय भएको छ । यहाँका स्थानीय तहहरूले सभा, समारोह, भोजभतेर तथा भेलाहरू नगर्न सूचना जारी गरेका बताए ।

बैठकमा के भए निर्णय हर्नुहोस् ।

चर्चामा

सम्बन्धित समाचार