शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • राजेश पायलको चेलिको बेदामा नामक फिल्म सार्बजनिक

राजेश पायलको चेलिको बेदामा नामक फिल्म सार्बजनिक

  • मङ्लबार, चैत्र ४, २०७६
राजेश पायलको चेलिको बेदामा नामक फिल्म सार्बजनिक

बाजुरा ४ चैत्र – कलाकार तथा मेडेल राजेश पायल पछिल्लो समय गित कथा तथा छोटा मुभिहरुको निर्देशनमा हुमिएका छन् । हाल सालै पायलले सुदूर तथा मध्यपश्चिममा जडा गार्डीका कुप्रथा छाउपडी प्रथा र जातीय छुवाछुतबारे जनचेतना जगाउन चेलिको बेदना नामक छोटो फिल्मको निर्देशन गरी बजारमा सार्वजनिक गरेका छन् ।
मान बिकास सुचाङ्गमा देशै पुछारमा रहेको बाजुरा जिल्लामा छाउपडी र जातिय छुवाछुतको कारण चेलिबेटीमा पर्न गएको शारिरीक, मनोबैज्ञानिक, सामाजिक तथा सांस्कृतिक पीडाहरुको उजार सहयोग पुग्ने हेतुले छोटो फिल्म तयार पारिएको पायलले जानकारी दिएका छन् ।
छाउपडी अर्थात महिनावारी हुँदा किशारी तथा महिलाहरुले भोग्नु परेको पीडालाई कथामा देखाउन खोजिएको छ । जातिय छुवाछुतबारे वास्तविकता पनि फिल्ममा देखाउन खोजिएको छ । गाउँकी चेलीको बेदना नाम दिइएको उक्त फिल्मको परिकल्पना तथा निर्देशन राजेश पायलले गरेका छन । भने कथा प्रेम नेपालीले लेखेका हुन ।
धनबहादुर बिसीले छायांकन गरेको फिल्मको सम्पादन तपेश जोनले गरेका छन । फिल्ममा सिर्जना विक, राजेश पायल, बिनोद बिक,प्रेम नेपाली,रंगलाल उखेठा राम नेपाली र बाल कलाकार मुकेश नेपालीले अभिनय गरेका छन ।
फिल्मको छायांकन बाजुरा जिल्लाको सदरमुकाम मार्तडीस्थित बाहुलीमा गरिएको फिल्मका निर्देशक राजेश पायलले बताएका छन । विभिन्न म्युजिक भिडियोमा अभिनय गर्दै आएका राजेशले पहिलो पटक जातीय छुवाछुत सहितको फिल्म निर्माण गरेको बताए ।

भिडियाे किलिक गर्नुहोला

https://www.youtube.com/watch?time_continue=1105&v=x8gGdRdJwAw&feature=emb_logo

चर्चामा

सम्बन्धित समाचार