बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • स्थायि बन्ध्याकरण गर्नेलाइ नगरप्रमुख पदम गिरिले दिए कम्मल उपहार

स्थायि बन्ध्याकरण गर्नेलाइ नगरप्रमुख पदम गिरिले दिए कम्मल उपहार

  • सोमवार, चैत्र ३, २०७६
स्थायि बन्ध्याकरण गर्नेलाइ नगरप्रमुख पदम गिरिले दिए कम्मल उपहार

बुढिन्नदा नगरपालिका नगर प्रमुख पदम गिरिले परिवार नियोजनको स्थायि बन्ध्याकरण गर्नेलाई कम्मल उपहार दिएका छन् । परिवार नियोजन गर्न प्रेरित गर्नका लागि नगरप्रमुखले कम्मल उपहार दिएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दया कृष्ण पन्तले वताएका छन् ।नगरप्रमुखले कम्मल सँगै एकछाक खाना मासु समेतको ब्यबस्थापन गरेका थिए । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चैत २, ३ गते संचांलन भएको परिवार नियोजन स्थायि बन्ध्याकरण गर्ने महिला र पुरुषलाई उपहार दिएका हुन् । शिबिरमा ४८ जना महिलाले मिनिल्याप गरेकी थिइन्, त्यस्तै पुरुषले भेसेक्टोमी गरेका छन् । भेसेक्टोमी गर्नेको संख्या बढेपछि ४ गते पनि शिबिर संचालन हुने भएको कार्यलय बाजुराका प्रमुख दया कृष्ण पन्तले वताएका छन् । नगर प्रमुख गिरिले भने कम्मलले परिवार नियोजन प्रेरित सँगै उनिहरुलाई केही सहयोग होस भनेर हस्तान्तरण गरेको वताए । जिल्लामा पहिलो पटक शिबिरमा धेरै महिलाले स्थायि बन्ध्याकरण गरेका छन् । गाँउमा घरमा परिवार नियोजन सम्बन्धि चेतना फैलाउदै गएपछि सेवा लिनेको संख्या बढेको स्वास्थ्य कार्यलयले जनाएको छ । बाजुराको उत्तरी क्षेत्रका चार वटा स्थानिय तह, हुम्ला र मुगुका महिलाहरु स्थायि बन्ध्याकरण ज्यादै न्युन गर्ने गरेका थिए । महिलाले कडा परिश्रम गर्नुपर्छ, बन्धाकरण गर्दा कमजोर हुन्छन भन्ने मानसिकता रहेको थियो । तर अहिले भने महिलाहरु पनि खुलेर नै स्थायि बन्ध्याकरण गर्दै आएको बुढिन्नदा नगरपालिका नगरप्रमुख पदम कुमार गिरीले वताएका छन् । यो क्षेत्रका महिलाहरु धेरै बच्चा जन्माउने गरेका छन् । परिवार नियोजन प्रयोग गर्नु हुदैन्, लाज मान्न जस्ता गरेका थिए अहिले भने खुलेर नै परिवार नियोजन सेवा लिने गरेका छन् ।
स्वास्थ्य कार्यलय बाजुराको आयोजनमा भएको शिबिरमा नेपाल परिवार नियोजन संघ डोटिको प्राबिधिक सहयोग रहेको थियो । शिबिरमा महिलाहरुलाई मिनिल्याप सेवा र पुरुषहरुका लागि भेसेक्टोमी सेवा दिइएको थियो । शिबिरमा एमडिजिपि डाक्टर एम बहादुर बस्नेत सहितको स्वास्थ्यकर्मीले सेवा दिएका थिए । शिबिरमा प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौउपाने र सांसद बल्देब रेग्मिले समेत सहयोग गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार