शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • आर्थिक अभाबमा अस्पतालको शैयामा छटपटाउदै दिपेन्द्र

आर्थिक अभाबमा अस्पतालको शैयामा छटपटाउदै दिपेन्द्र

  • सोमवार, चैत्र ३, २०७६
आर्थिक अभाबमा अस्पतालको शैयामा छटपटाउदै दिपेन्द्र

गौमुल गाँउपालिका ३ माझपालिका १८ बर्षका दिपेन्द्र बिक आर्थिक अभाबमा अस्पतालको शैयामा छटपटाइरहेका छन् । मधुमेह रोग बाट ग्रसित भएका दिपेन्द्रलाइ अन्य रोगहरुको संक्रमणले समेत सेति अञ्चल अस्पताल धनगढीको शैयामा आर्थिक अभामा तडपिरहेको दिपेन्द्रका बुवा दले बिकले वताएका छन् ।
मधुमेह बाट पहिला देखि ग्रसित रहेका दिपेन्द्रको आर्थिक अभाबमा उपचार गर्न सकेका थिएन् । उनको अबस्था निकै गम्भीर भएपछि उपचारका लागि बाजुरा अस्पताल मार्तडीमा ल्याएका थिए । अस्पतालमा ठिक नहुने भन्दै सेति अञ्चल अस्पताल धनगढी रिफर गरेको थियो । सेति अञ्चल अस्पतालमा उनलाई चार दिन आईसियुमा राखेर अहिले वाडमा सारिएको छ ।
आर्थिक अबस्थामा निकै कमजोर भएका दलेले गाँउले बाट महँगो ब्याजमा रिन काढेर धनगढी पुयाएको आफन्त मदन विकले वताएका छन् । घर समेत अरुको जग्गामा बनाए दलेको अन्य कुनै उपाय थिएन्, छोरा सिकिस्त बिरामी भएपछि धेरै आग्रह गरेको पछि पैशा रिन पाएको उनले वताए । अहिले सम्म १ लाख ५० हजार खर्च भइसकेको छ, अझै धेरै पैशा चाहिने चिकित्सले बताएको दलले वताएका छन् ।
दिपेन्द्र बालविकास माबिमा कक्षा १० मा अध्यनरत रहेका छन् । एसईइ दिने समय आईसकेको छ, तर उनलाई सञ्चो नहुँदा परिक्षा दिन सक्ने अबस्था नरहेको बुवा दलेले वताएका छन् । बिरामी पहिला देखी भएको आर्थिक समस्या भएर उपचार गर्न नसकेकोले बढि भएको हो । अहिले मधुमेहको सुई माध्यममा मार्फत उपचार भइरहेको छ त्यो सँगै अन्य रोगको संक्रमण भएकाले अरु रोगको उपचार भइरहेको छ ।
दलेको ७ जनाको परिवार रहेको छ । बाजुरा बाट एम्बुलेन्समा धनगढी लगेका थिए । गाँउपालिका बाट पनि गाडि रिर्जभ गरेर अस्पताल बाजुरा ल्याएका थिए । गाडि र एम्बुलेन्सको पैशा पनि रिन काढेर तिरेका थिए । स्थानिय सरकारले उपचार गरेपछि मात्र सहयोग गर्ने वताएको छ । छोरोका उपचारका सहयोगका लागि दले विकले अपिल गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार