शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • अज्ञात समूहद्धारा जगन्नाथ गाउपालिकाको गेटमै बम बिस्फाेट

अज्ञात समूहद्धारा जगन्नाथ गाउपालिकाको गेटमै बम बिस्फाेट

  • सोमवार, चैत्र ३, २०७६
अज्ञात समूहद्धारा जगन्नाथ गाउपालिकाको गेटमै बम बिस्फाेट
फाईल फोटाे

बाजुरा ३ चैत्र – बाजुरा जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा रहेको जगन्नाथ गाउपालिकाको गेट नजिकै बम बिस्फाेट भएको छ । आइतवार राति साढे एक बजे गाउपालिकाको गेट भन्दा ५० मिटरको दुरीमा बम बिस्फाेट हुदा स्थानिय कर्मचारी तथा जनप्रतिनिधि चिन्तित बनेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएपी टंकप्रशाद भट्राईका अनुसार गाउपालिका भन्दा केही पर पट्केको अपुष्ट खबर आएको वताएका छन । प्रहरी चौकी जुडीमा फोन सम्पर्क नभएकोले पूर्ण जानकारी नआईसकेको बताए ।
बम बिस्फाेट बाट क्षेति कुनै नभएपनि स्थानियहरु त्रसित बनेको जगन्नाथ गाउपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले जानकारी दिए ।
गाउपालिकाको गेटको आडैमा जुडी प्रहरी चौकी छ । गेट नजिकै आएर बम बिस्फाेट भएपनि सुरक्षा फितलो भएको भान स्थानियहरुको रहेको छ । बम कस्ले किन केको लागी बिस्फाेट गरेको कुनै जानकारी नभएको डिएपी भट्राईले बताए । अनुसन्धान भईरहेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार