शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • अभिनेत्री प्रियंकाले गरिन् इन्गेजमेन्ट

अभिनेत्री प्रियंकाले गरिन् इन्गेजमेन्ट

  • आइतवार, चैत्र २, २०७६
अभिनेत्री प्रियंकाले गरिन् इन्गेजमेन्ट

काठमाडौं । अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’बाट अभिनयमा डेब्यु गरेकी अभिनेत्री प्रियंका एमभीले इन्गेजमेन्ट गरेकी छन् । उनको प्रेमी सफल अधिकारीसँग इन्गेजमेन्ट भएको हो । प्रियंका र सफलको शुक्रबार इन्गेजमेन्ट भएको हो ।

इन्गेजमेन्ट समारोहमा दुबै पक्षका परिवार सदस्यको मात्र सहभागीता रहेको थियो । सफल पेसाले इन्जिनियर हुन् ।

प्रियंकाले गत प्रणय दिवसको दिन इन्स्टाग्राम मार्फत आफू सफलको प्रेममा रहेको सार्वजनिक गरेकी थिइन् । इन्गेजमेन्ट पछि प्रियंकाले इन्स्टामा प्रेमीसँगको रोमान्टिक तस्बिर समेत सार्वजनिक गरिरहेकी छन् । राताेपाटिले याे खबर लेखेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार