बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • समाज
  • साँफे मार्तडी सडकको अम्कोट क्षेत्र पहिरोको उच्च जोखिममा

साँफे मार्तडी सडकको अम्कोट क्षेत्र पहिरोको उच्च जोखिममा

बैकल्पि बाटो नखोले बर्षातमा सडक बन्द हुने

  • आइतवार, चैत्र २, २०७६
साँफे मार्तडी सडकको अम्कोट क्षेत्र पहिरोको उच्च जोखिममा

बाजुराको साँफे मार्तडी सडक खण्ड पहिरोको उच्च जोखिममा रहेको छ । बुढिगंगा नगरपालिकाको १ अम्कोटमा रहेको करिब १ किलोमिटर सडक उच्च जोखिममा रहेको सडक डिभिजन कार्यलय साँफे बगर अछामले जनाएको छ । बैकल्पि बाटो नखोले बर्षातमा सडक पुर्ण रुपमा बन्द हुने देखिएको छ ।
गत बर्ष बर्षातको समयमा त्यहि ठाँउमा पटक पटक सडक अबरोध हुदै आएको थियो । हिउँदको समयमा सडक बिभागले सडक बनाएपनि अहिले पनि पहिरोले सडक भासिएर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले वताएका छन् । हिउँदमा त सडक भासिएको छ, बर्षात यो सडक बन्द नै हुने न्यौपानेले वताए । अर्को बैकल्पिक मार्गका लागि सडक बिभाग सँग पहल भइरहेको उनले वताए । करिब ५ किलोमिटर माथि नयाँ मार्ग खोल्नका लागि पहल भइरहेको प्रजिअले भने ।
सडक जोखिममा हुँदा सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्र हुम्ला र मुगुको आगमनमा समस्या हुने भएको छ । गत बर्षातमा सडक अबरोध यी क्षेत्रमा दैनिक उपभोग्य सामान औषधिको चरम अभाब भएको थियो । गत बर्ष त थोरै जोखिम रहेको थियो, यो बर्ष बैकल्पि बाटो नखोले बर्षातमा पुर्ण रुपमा अबरोध हुने ब्यापारि हंश बहादुर सिंहले वताएका छन् । सरकारले बैकल्पि बाटो खोल्न चाडै पहल गर्नु पर्ने उनले वताए ।
त्रिबेणी नगरपालिका ९ पैमाबाट आएको पहिरोले बुढिगंगा नदिलाई थुनेको छ । अर्को बाट पहिरो आएर नदि थुनिएपछि बुढिगंगा नगरपालिका १ को अम्कोटको भागमा कटान गरेपछि सडक भासिएको हो । गत भदौ मा मात्र सडक भासिदा बुढिगंगा नगरपालिका २ अम्कोटका सात परिवार बिस्थापित समेत भएको स्थानिय दीपक खत्रीले बताए । विस्तावित परिवारमा बुढिगंगा नगरपालिका १ का टिकाराम पाध्याय, मीमाराम पाध्याय, लीलाराम पाध्याय, हिरा पाध्याय, धौल्या पाध्याय, लाल पाध्याय, टिकाराम पाध्याय रहेका छन् । विस्तापीत परिवार अमकोटको माथि गाँउमा सरेका छन् । परिवार बिस्थापित सँगै उनिहरुको खेतियोग्य समिन समेत पहिरोले बगाएको थियो ।
गएको बर्ष देखी साँफे मार्तडी सड्क अबरुद्ध हुदै आएको थियो । सड्क जोखिम रहेको सम्बन्धित निकायलाई जानकारी भएपनि कसैले वास्ता नगरेको नागरिक समाजका अगुवा शेर बहादुर शाहिले वताएका छन् । बिगत २ बर्ष देखी बर्षातमा सडक अबरोध हुदै आएको शाहिले वताए ।

चर्चामा

सम्बन्धित समाचार