• होमपेज
  • समाज
  • बाजुराकाे तल्लाे क्षेत्रमा असिनाले अन्नबाली नष्ट

बाजुराकाे तल्लाे क्षेत्रमा असिनाले अन्नबाली नष्ट

  • आइतवार, चैत्र २, २०७६
बाजुराकाे तल्लाे क्षेत्रमा असिनाले अन्नबाली नष्ट

असिना पानीले बाजुराकाे तल्लो भेगका अधिकांश गाउँमा लगाएको अन्नबाली चुटेर नष्ट पारेको छ। करिब एक घण्टा समयसम्म परेको असिना पानीले पाक्न लागेको गहुँ, पाकीसकेको जौ र तरकारीलाई चुटेर नष्ट पारेको हो। जिल्लाको तल्लो क्षेत्रका स्थानीयले चैतको पहिलो साताबाट जौ बाली भित्र्याउने गरेका छन्।

असिनाले बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकासहित अछाम जिल्लामा समेत लाखौको अन्नबालीमा क्षति पुर्‍याएको छ। पानी र ठूला–ठूला दानासहित परेको असिनाले तरकारी र जौ बालीमा लाखौको क्षति पुर्‍याएको बुढिगगा ९ का स्थानिय शिक्षक डम्बर बहादुर सिहले वताएका छन्। दिउँसो १ बजेपछि एकाएक मौसम बदली भई असिना पानी परेको हाे ।

गहुँबाली उत्पादनका लागि भण्डारको रुपमा चिनिएको बुढीगंगा र त्रिवेणी नगरपालिकामा पाक्न थालेका गहुँबालीमा असिनाले क्षति पुर्‍याएपछि किसानहरू चिन्तााम छन्। बीउ उत्पादनका लागि समेत लगाइएको गहुँमा क्षति पुगेको स्थानीय बताउँछन्।

तरकारी र गहुँजौको नलमा रस समेत निस्कीने गरी क्षति पुगेको बुढीगंगा नगरपालिका गोमती कटुवालले बताएकी छन्। असिनाले गहुँ बारीहरु एकातिर पल्टीरहेको अवस्था छ। कुनै स्थानमा असिनाले नल पराल समेत नरहने गरी क्षति पुर्‍याएको छ।

खेतमा हेर्दा किसानले सुस्केरा हाल्नु बाहेक केहि नभएको किसानको दुखेसो छ। जिल्लाका अन्य स्थानीय तहमा जेष्ठ र असारसम्मगहूँ बाली पाक्ने गरेपनि त्रिवेणी, बुढीगंगासहित स्थानीय तहमा चैत्रको अन्तिममा नै काट्न थाल्ने गरेका छन्। बेशी क्षेत्र र बढी उत्पादन हुने क्षेत्रका रुपमा पनि लिने गरिएको छ। कृषि ज्ञान केन्द्रले पनि त्रिवेणी, बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिका क्षेत्रका भारी असिना परेको बताएको छ।

चर्चामा

सम्बन्धित समाचार