शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कोरोना प्रभाव : संक्रमण फैलिएका ८ देशका नागरिकलाई नेपाल आउन रोक

कोरोना प्रभाव : संक्रमण फैलिएका ८ देशका नागरिकलाई नेपाल आउन रोक

नेपाल आउनै परे कोरोना संक्रमण नभएको रिपोर्ट अनिवार्य

  • मङ्लबार, फाल्गुन २७, २०७६
कोरोना प्रभाव : संक्रमण फैलिएका ८ देशका नागरिकलाई नेपाल आउन रोक

काठमाडौं- सरकारले कोरोनाको संक्रमण फैलिएका थप तीन देशका नागरिकलाई नेपाल आउन रोक लगाएको छ।

सरकारले कोरोना नियन्त्रणका लागि गठन गरेको उच्चस्तरीय समितिले आइतबार स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई नेपाल आउन रोक लगाएको हो।

यसअघि, सरकारले कोरोनाको संक्रमण फैलिएका चीन, दक्षिणकोरिया, जापान, इरान र इटलीका नागरिकलाई आउन रोक लगाएका थियो।

ती देशका नागरिकलाई नेपाल आउनैपर्ने अवस्था भएमा कोरोना संक्रमण नभएको स्वास्थ्य सर्टिफिकेट अनिवार्य ल्याउनुपर्ने जनाएको छ।

नेपालबाट संक्रमण फैलिएका देशमा नजानका लागि पनि सरकारले आग्रह गरेको छ।

त्यसैगरि, नेपाल आउदा स्थलमार्गको प्रयोग गर्न नपाइने निर्णय पनि गरिएको छ।

यसअघि, मल्टीपल भिसा लिएर नागरिक भारतको बाटो हुँदै नेपाल आउन खोजेपछि सरकारले रोक लगाएको थियो।

स्वास्थ्य खबरबाट साभार

चर्चामा

सम्बन्धित समाचार