शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बैतडीमा चितुवाको आक्रमणबाट फेरी एक बालिकाको मृत्यु

बैतडीमा चितुवाको आक्रमणबाट फेरी एक बालिकाको मृत्यु

  • मङ्लबार, फाल्गुन २७, २०७६
बैतडीमा चितुवाको आक्रमणबाट फेरी एक बालिकाको मृत्यु

बैतडीको तल्लो सोराड क्षेत्रमा चितुवाको आक्रमणबाट फेरि एक बालिकाको ज्यान गएको छ।

मेलौली नगरपालिका वडा नम्बर ९ असुर बस्ने रामबहादुर लुहारकी ८ वर्षीया अपाङ्ग छोरी सीता लुहारको चितुवाको आक्रमणबाट मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ।

आज बिहानै करिब ४ बजेतिर ओछ्यानमा सुतेकै अवस्थामा चितुवाले तानेर लगेको र घर नजिकै ५०० मिटर पर बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी डिल्लीनारायाण पण्डेयले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गत साता मात्रै एक बालकलाई चितुवाले घाइते बनाएको थियो। तल्लो सोराड क्षेत्रमा २०६४ सालदेखि हालसम्म चितुवाको आक्रमणबाट २५ जानाको ज्यान गइसकेको छ। याे खबर दिनेश खबरले लेखेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार