शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • काठचोरी गर्ने साउँद पक्राउ

काठचोरी गर्ने साउँद पक्राउ

  • मङ्लबार, फाल्गुन २७, २०७६
काठचोरी गर्ने साउँद पक्राउ

डडेल्धुरा —  डडेल्धुराको जोगबुडामा काठचोरी गर्ने राजेन्द्र निर्माण सेवा कम्पनीका सुपरभाईजर कञ्चनपुरको भिमदत्त नगरपालिका- ९ ब्रहमदेव बस्ने चक्रबहादुर सावद पक्राउ परेका छन् ।
परशुराम धाम सव डिभिजन वन कार्यालय जोगबुडाको टोलीले काठ चोरेर लुकाएको अवस्थामा फेला पारेपछि सावदलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय जोगबुडामा राखेको जनाएको छ । जिल्लाको परशुराम नगरपालिका १२ मा घाटगद्दीमा राखेको साल गोलीया चोरी गर्ने सावदलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

परशुराम नगरपालिका वडा नं. १ को सिद्धनाथ सामुदायीक वन अचलसैनले आर्थिक बर्ष २०७४/०७५ मा सामुदायिक वन क्षेत्रबाट संकलन गरी लालढुङ्गा बजार नजिक घाटगद्दी गरेकोमा सो स्थानबाट गोलीया चोरी भएको भनी पुष ६ गते र फागुन २३ गतेको निवेदनको विशेष सुचनाका आधारमा गस्ती गर्ने क्रममा लुकाई राखेको अवस्थामा काठ वरामद गरिएको हो ।
साल जातको गोलिया थान एक १३.३५ क्युफिट जोगबुढा कटालको निमार्णधिन रंग्ुन पुलनजिक कामदार बस्नका लागी बनाईएका टहरामा लुकाई राखेको अवस्थामा बरामद गरेको परशुराम धाम सव डिभिजन वन कार्यालय जोगबुडाका सहायक वन अधिकृत दिपेन्द्र केसीले बताए ।

राजेन्द्र निर्माण सेवा कम्पनीले निर्माण गर्दै गरेको निमार्णधिन पुलको सुपरभाईजर पदमा कार्यरत सावदले टहरा निमार्ण गरि काठ लुकाई राखेका अवस्थामा फेला परेपछि साँउदले यसअघि पनि काठ चोरेको हुनसक्ने आशंका गरिएको छ । उक्त घाटगद्दी गरिएको क्षेत्रबाट हाल सम्म ९१ क्युफिट काठ चोरी भएको सामुदायिक वनका अध्यक्षले जानकारी दिएका छन् ।
उनलाई सामुदायिक वन उपभोक्ता समितिको विधान एवम् वन ऐन अनुसार कारवाही प्रक्रिया अगाडी बढाईने परशुराम धाम सव डिभिजन वन कार्यालय जोगबुडाका सहायक वन अधिकृत केसीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार