शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • स्वयंसेवक शिक्षक बन्न १२ हजार इच्छुक, छनौट भएकाले मासिक ३२ हजारसम्म पाउने

स्वयंसेवक शिक्षक बन्न १२ हजार इच्छुक, छनौट भएकाले मासिक ३२ हजारसम्म पाउने

  • सोमवार, फाल्गुन २६, २०७६
स्वयंसेवक शिक्षक बन्न १२ हजार इच्छुक, छनौट भएकाले मासिक ३२ हजारसम्म पाउने

शिक्षण स्वयंसेवक(स्वयंसेवक शिक्षक) बन्नका  लागि १२ हजारले आवेदन दिएका छन् । गत १५ फागुनमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनलाइनमार्फत शिक्षण स्वयंसेवक बन्न इच्छुकहरुलाई आवेदन आह्वान गरेको थियो ।

यही फागुन २५ गते आइतबारसम्म रहेको अन्तिम म्यादसम्म १२ हजारभन्दा बढी आवेदन परेको शिक्षा तथा मानव स्रोत विकास महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले बताए । १ हजार ५ सय शिक्षण स्वयंसेवक छनोट गर्ने गरि आवेदन गरिएकोमा १२ हजार भन्दा बढिको आवेदन परेको हो ।
अंग्रेजी, गणित र विज्ञान विषयमा अपुग भएका शिक्षकको भूमिका स्वयंसेवकमार्फत पूर्ति गर्न शिक्षा मन्त्रालयले ‘चिनौँ आफ्नो माटो, आफैं बनाउँ आफ्नै देश’ अभियानमार्फत स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको थियो ।

आउँदो नयाँ शैक्षिक सत्रभरी स्वयंसेवकका रुपमा १ हजार ५ सय जनालाई खटाउने योजनाअन्तर्गत यो अभियान थालिंदैछ । यस अभियानमा सहभागि हुन स्नातक वा स्नातकोत्तर उत्तीर्ण १८ पुरा गरी ४० वर्ष ननाघेका व्यक्तिले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

शिक्षण स्वयंसेवकको सुविधा
शिक्षण स्वयंसेवकको सेवा सुविधालाई क, ख, र ग गरी तीन वर्गमा विभाजन गरिएको महानिर्देशक थपलियाले बताए । उनका अनुसार स्वयंमसेवक शिक्षकले मासिक २४ देखि ३२ हजारसम्म रकम दिइने छ । यो रकम निर्वाह भत्ताका रुपमा दिइने महानिर्देशक थपलियाले जानकारी दिए ।

स्नातक तह उत्तिर्ण भई सुगममा खटिने स्वयंसेवक शिक्षकलाई निर्वाह भत्ता बापत  मासिक २४ हजार रुपैयाँ उपलब्ध गराइनेछ भने दुर्गममा जानेलाई मासिक ३० हजार रुपैयाँ उपलब्ध महानिर्देशक थपलियाले बताए ।

त्यस्तै स्नातकोत्तर उत्तिर्ण भई सुगममा अध्यापन गराउन चाहनेलाई  मासिक २६ हजार र दुर्गममा अध्यापन गराउनेलाई ३२ हजार रुपैयाँ उपलब्ध गराईने छ । उनीहरुको कार्यावधि एक वर्षको रहने छ भने सफलतापूर्वक कार्यावधि सम्पन्न गर्नेहरुलाई प्रमाणपत्र उपलव्ध गराइने छ ।

यस्तो छ शिक्षकको छनोट प्रक्रिया
आवेदन दिएका १२ हजारमध्ये स्थानीय तहको माग बमोजिम शैक्षिक योग्यता र दक्षताको आधारमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले छनौट गरी स्थानीय तहमा सिफारिस गर्ने महानिर्देशक थपलियाले बताए । त्यसरी सिफरिस गरिएकालाई विद्यालयले नियुक्त गर्ने छ ।

६ सय ४८ स्थानीय तहमा त्यस्ता स्वयंसेवक परिचालन गरिने छ, जसका लागि शिक्षा संकायमा अध्ययन गरेकै हुनु पर्ने छैन् । अन्य संकायमा पढेकाहरुले पनि यसमा सहभागिता हुन पाउने छन् । स्वयंसेवक शिक्षक परिचालनको लागि ५० करोड बजेट छुट्याइएको छ । साभार नयाँ पत्रिका बाट

चर्चामा

सम्बन्धित समाचार