शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • बिच्छँयामा प्रहरी चौकी नहुँदा खुलेआम चोरी शिकारी

बिच्छँयामा प्रहरी चौकी नहुँदा खुलेआम चोरी शिकारी

सैन हिमालमा तस्करको अखडा

  • आइतवार, फाल्गुन २५, २०७६
बिच्छँयामा प्रहरी चौकी नहुँदा खुलेआम चोरी शिकारी

प्रकाश सिंह
साबिकको बिच्छँया गाबिस तथा हिमाली गाँउपालिका १, २ र ३ मा प्रहरी चौकी नहुँदा बिच्छँया खुलेआम चोरी शिकारी भइरहेको छ । चोरी शिकारी सँगै अपराधका घटना पनि बढिरहेका छन् ।
हिमाली गाँउपालिका ३ युनामा रहेको प्रहरी चौकी एक दिनको दुरी तल पर्ने हिमाली गाँउपालिको ४ नम्बर कवाडीमा सरेपछि लामो समय देखी यो समस्या भइरहेको छ । युनामा बस्न नसक्ने भन्दै ८ बर्ष पहिला नै प्रहरी चौकी तल सरको थियो । कवाडीमा रहेको प्रहरी चौकी बिच्छँयाका लागि स्थापना भएको हो । कवाडी पुग्न बिच्छँयाका बिभिन्न ठाँउबाट एक दिन देखी तिन दिन लाग्ने गरेको हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् । बिच्छँयाले बाजुराको पुरै भुगोलको ४० प्रतिशत ओगटेको छ ।
बिच्छँया चौकी नभएपछि अपराधका घटना पनि बढिरहेका छन् । झै झगडा अपराधका घटना घटने त गरेका छन्, चौकी निकै टाढा रहेकोले धेरै अपराधका घटना ढाकछेप हुने गरेको वडा नम्बर १ का अध्यक्ष लालजित थापाले वताए । अर्को राज्यको ध्यान नगएपछि खुलेआम रुपमा बन्यजन्तुको चोरी शिकारी र जडिबुटि तस्कर हुने गरेको छ । भौगोलीक बिकटताले सुरक्षाको दुष्टिकोणले निकै टाढा भएकाले चोरी शिकारी र तस्करी बढदै गएको गाँउपालिकाका अध्यक्ष मल्लले भने । प्रहरी चौकी र इलाका बन कार्यलयको पहुँच भन्दा धेरै टाढा भएकाले ति क्षेत्रमा तस्करको अखडा समेत रहेको अध्यक्ष मल्लले थपे ।
बाजुराको हिमाली गाँउपालिको र हुम्लाको ताजा मैलाकोट गाँउपालिका सैन हिमाल क्षेत्रमा दैनिक खुलेआम चोरी शिकारी भइरहेको हिमाली वडा अध्यक्ष लालजित थापाले वताए । खुलेआम रुपमा बन्दुक, भाला, कुकुर मार्फत बन्यजन्तुको शिकार गर्नुका साथै जडिबुटि समेत गैरकानुनी रुपमा तस्करी हुने गरेको लालजितले वताए । त्यस्तै हिमाली गाँउपालिको गुम्वा, कोट, बामु, बौडी क्षेत्रमा रहेका हिमाली र पहाडि क्षेत्रमा समेत चोरी शिकारी हुने गरेको स्थानियले वताए ।
हिमाली गाँउपालिका ३ का वडा अध्यक्ष जैधन रोकायाले भने हतियार सहित जंगल आउने गरेका छन्, केही भनौ भने उल्टै डर लाग्ने गरेको छ, दश जना भन्दा बढिको समुह बनाएर चोरी शिकारी हुने गरेको उनले वताए । गाँउ बाट एकदिनको दुई दिनको पैदल दुरीमा रहेको सैन हिमालमा त पुरै तस्करको अखडा रहेको उनले वताए । जंगली जनावरको शिकार गरी चिन तिर तस्कर हुने गरेको अध्यक्ष रोकायाले भने । तस्कर र ठेकेदार हतियार सहित हुने भएकाले कोही बोल्न नसक्ने उनले वताए । सुरक्षाका लागि प्रशासन सँग पटक पटक पहल गर्दा पनि कुनै वास्ता नभएको वताए ।
कवाडी प्रहरी चौकीमा हिमाली गाँउपालिका १, २ र ३ का जंगल र हिमाली क्षेत्रमा पुग्न न्युनतम दुई दिन देखी पाँच दिन लाग्ने गरेको छ । टाढा भएकाले सुरक्षा दिनमा समस्या भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । सञ्चार बाट समेत बिमुख रहेको र अर्को कवाडी प्रहरी चौकीमा जम्मा ७ जना मात्र रहेकाले झन समस्या भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । एक दुई जना प्रहरी त्यो क्षेत्रमा जान निकै समस्या हुने प्रहरीले जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौउपानेले भौगोलिक बिकटताले सुरक्षा दिन समस्या भएको वताए । बिच्छँयाको प्रहरी चौकी साविकको ठाँउमा लिनका लागि पहल भइरहेको न्यौउपानेले वताए । साथै त्यो क्षेत्रमा सुरक्षाका लागि गृहमन्त्रालयमा पहल भइरहेको वताए । कवाडीमा अस्थायि प्रहरीको ब्यबस्थापन गरेर त्यसलाई पहिलाकै ठाँउमा सार्ने तयारी भइरहेको प्रशासनले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार