सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • कला /साहित्य
  • प्रकाश थापा ४ मुक्तक

प्रकाश थापा ४ मुक्तक

  • आइतवार, फाल्गुन २५, २०७६
प्रकाश थापा ४ मुक्तक

मुक्तक १
बोल्दैन तिम्रो त्यो तस्विर हेर्दा हेर्दै रात बित्यो !
मेसेज,कल आउँछ भनी कुर्दा कुर्दै रात बित्यो !!

तिम्रै यादमा कति रात आँशुले सिरानी भिज्यो !
तिमी आउने आशै आशमा कति रात बित्यो !!

मुक्तक २
खुशी दिउला पलपल दुख दिने छैन्
बनाउला जीवन सरल बिग्रन दिने छैन ।
ओठको लाली त मेरो ओठले बिगार्न सक्छ
तिम्रो आखाको गाजल बिग्रन दिने छैन ।

मुक्तक ३
तिमी सँगै हिड्ने मन छ साथ देउ मलाई
मिठो वचन सुन्ने मन छ घात नदेउ मलाई

जस्तो पर्ला त्यस्तै टर्ला,यो छोटो जिन्दगीमा
जिवन सँगै जिउने मन छ हात देउ मलाई

मुक्तक ४
लभ पारियाे फेसबुकमा माेबाईल सेटले बिगार्याे
चलाउन मन छ अाईफाेन महङ्गो रेटले बिगार्याे

पढाइ छैन दिनभर अनलाइन र च्याटमा
फेसन बढयाे अाजभाेलि युट्युब र नेटले बिगार्याे
प्रकाश थापा बाजुरा
हाल : काठमाण्डौं

चर्चामा

सम्बन्धित समाचार