शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना

  • सोमवार, फाल्गुन १९, २०७६
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना भएका छन् । ओली सोमबार साँझ ६ बजेर ५ मिनेट जाँदा अस्पताल पुगेका थिए ।

अस्पताल भर्ना हुनुअघि ओलीले विभिन्न मन्त्रीहरु र सचिवहरुलाई बालुवाटार बोलाएर आवश्यक निर्देशन दिएका थिए ।

यसअघि दिल्लीमा मृर्गौला प्रत्यारोपण गरेका ओलीले दोस्रो प्रत्यारोपण भने स्वदेशमै गर्ने इच्छा जनाएपछि सोमबार शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । प्रधानमन्त्री ओलीले आइतबार नै आफूले बुधबार मृगौला प्रत्यारोपण गर्ने पार्टी सचिवालय बैठकमा जानकारी दिएका थिए ।

सोही अनुसार ओलीको आवश्यक प्रक्रिया पूरा भएपछि बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ । यसअघि फेरिएको मृगौलाले गत कात्तिकदेखि काम गर्न छोडेपछि ओलीले नियमित डायलाइसिस गराइरहेका थिए । ओलीको पहिलो पटक १३ वर्ष अगाडि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि उनले गत साउनयता नियमित डाइलायसिस समेत गर्दै आएका थिए ।

प्रधानमन्त्री ओलीलाई नातामा भाञ्जी पर्ने ३२ वर्षीय समीक्षा संग्रौलाले मिर्गौला दिन लागेकी हुन् । ओलीलाई मिर्गौला दाता समीक्षाको समेत स्वास्थ्य परीक्षण भइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार