आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • कला /साहित्य
  • गीति गजल ….. प्रेमीको नाउँमा

गीति गजल ….. प्रेमीको नाउँमा

  • शनिबार, फाल्गुन १७, २०७६
गीति गजल ….. प्रेमीको नाउँमा

१)घुङग्रु – घुङग्रु परेको त्यो अल्झे म तिम्रो केशमा
सार्है सुन्दर देखिएउ तिमी गाउँले त्यो भेषमा
घन्की रहेछन पाउजु त्यो तिम्रो कोमल पाँउमा
के सन्देश छ लौ भन प्रिय् यो प्रेमीको नाउँमा
२)छिनेको कम्मरमा अहो! मेरो पर्यो नि यो नजर
तिम्रो जीवनमा ल्याइअदिन्छु अब नयाँ बहर
सुन्दैछु मत हो-हल्ला तिम्रो जवानीको वर्णन गाउँमा
के सन्देश छ लौ भन प्रिय् यो प्रेमीको नाउँमा
३)खेल्दै छु हेर म तिम्रो कोमल हृदयमा शिकार
बारम्बार किन गर्छेउ प्रेम मेरो तिमी इन्कार
घुम्दै-घुम्दै आए प्रियसी आज तिम्रो ठाउँमा
के सन्देश छ लौ भन प्रिय् यो प्रेमीको नाउँमा

यशु सापकोटा फूलमति 

चर्चामा

सम्बन्धित समाचार