शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • सिटामोल र जिवनजल लिन बास

सिटामोल र जिवनजल लिन बास

जडिबुटिको भरमा उपचार

  • शनिबार, फाल्गुन १७, २०७६
सिटामोल र जिवनजल लिन बास

बाजुराको सर्वाधिक टाढा रहेको गुम्बा र लाम्पाटा गाँउ राज्यको वेवास्तामा रहेको छ । हिमाली गाँउपालिका ३ मा रहेको यो गाँउ बाजुराको उत्तरी क्षेत्रको यी दुबै अन्तिम गाँउ हो ।
गुम्बा र लाम्पाटा गाँउका बासिन्दालाइ सिटामोल, जिवनजल लगायत आधारभुक्त सेवा लिने बास बस्नु पर्ने बाध्यता रहेको छ । बिच्छँया स्वास्थ्य चौकी पुग्ने यी गाँउ बाट दुई दिन पुग्न लाग्ने गर्छ, स्वास्थ्य संस्था धेरै टाढा भएकाले यहाँ बासिन्दाहरु जडिबुटिको भरमा पर्दै वडा सदस्य जगत बहादुर लामाले वताएका छन् ।
याी गाँउ हुम्ला जिल्ला सँग जोडिएको छ । गुम्बामा २५ परिवार र लाम्पाटा गाँउमा १३ जना परिवार बसोवास गर्दै आएका छन् । एक महिना देखी ज्वरोले थलिएकि सञ्चुरा गुरुङ्ग जडिबुटिको साहारामा उपचार गरिहेकी छन् । सामान्य सिटामोल समेत नपाएर उनि रोग सँग लडिरहेकी छन् । स्वास्थ्य चौकी जान डेढ दिन जान, एक दिन उपचार र डेढ दिन फर्कन समय लाग्छ, के गर्नु घरमै जडिबुटि खाने गरेका सञ्चुराले वताईन् ।
उनि जस्तै गुम्वा र लाम्पाटा गाँउका सबै बासिन्दा भगवान भरोसमा बाचेका छन् । बिरामी हुँदा उपचार गर्न जानका लागि उपचार गर्ने ठाँउ छैन् । बिरामी बोकेर लिने कुनै सम्भाबना नै छैन्, अनि त्यहि जडिबुटिको भरमा पर्ने गरेको ममता कुवरले वताएका छन् । सरकारले निशुल्क रुपमा दिने सामान्य औषधि लिनका लागि पनि बास बस्नु पर्ने बाध्यता रहेको छ ।
परिवार नियोजनका साधन लिन स्वास्थ्य चौकी पुग्न जानु पर्ने भएकाले अहिले सम्म सो गाँउमा कसैले पनि प्रयोग गरेका छैनन् । स्वयसेविका पासाङ्ग लामाले भनिन्, कण्डम, पिल्स, डिपो लगाउनका लागि धेरै टाढा जाने भएकाले अस्थायी साधन समेत प्रयोग कोहीले नगरेको बताईन् । स्थायि बन्धाकरणको कुरा त धेरै टाढा रहेको लामाले वताईन् । परिवार नियोजनको साधन प्रयोग नगर्ने भएकाले एक दम्पतिले ५ देखी ११ बच्चा जन्माउने गरेको वताईन् ।
सदरमुकाम मार्तडी बाट ५० कोष टाढा अर्थात पैदल ५ दिन पर्ने यो लाम्पाटा र गुम्बा गाँउमा अहिले सम्म सरकारी सेवाको अनुभुति समेत पाएका छैनन् । स्थानिय इन्द्र गुरुङले भनिन्, स्वास्थ्य शिक्षा लगायतका आधारभुत सेवा बाट बञ्चित भएको वताए । लाम्पाटा गुम्बा गाँउ भन्दा ४ घण्टा अझै टाढा रहेको छ । लाम्पाटा गाँउमा ५ बर्ष मुनिका १५ जना वालवालिका रहेका अहिले सम्म कसैले पनि खोप नपाएको उनले वताए ।
लाम्पाटा गाँउमा सबै जनजाति बसोवास गर्ने गरेका छन् । गाँउमा वालविकास केन्द्र सम्म छैन् । स्वास्थ्य चौकी हिमाली गाँउपालिका १ बिच्छँयामा रहेको छ । त्यहाँ पुग्न २ दिन भन्दा बढि समय लाग्ने गरेको स्थानियले बताएका छन् । गाँउका कुनै महिलाहरु सुत्केरी हुँदा खोप र अन्य सेवा नपाउने गरेको उनले वताएकि छन् ।

चर्चामा

सम्बन्धित समाचार