सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • कला /साहित्य
  • प्रकाश थापाकाे धुवा धुलो खप्दै चोकमा (गजल)

प्रकाश थापाकाे धुवा धुलो खप्दै चोकमा (गजल)

  • बिहिबार, फाल्गुन १५, २०७६
प्रकाश थापाकाे  धुवा धुलो खप्दै चोकमा (गजल)

धुवा धुलो खप्दै चोकमा मकै भुटनेहरु
गरीबै छन खोला छेउमा गिटी कुटनेहरु

करको भार र महंगीले थिचिएर मर्छन
आफ्नै देशमा केही गरौ भन्दै जुटनेहरु

हेर्दाहेर्दै झुत्रे जीवन कायापलट पार्छन
जनता सामु भ्रम फैलाई देश लुटनेहरु

पछिल्तिर हेर्यो भने आफन्तनै होलान
खुसुखुसु हलो अडकाई गोरु चुटनेहरु
प्रकाश थापा बुढीगंगा नगरपालिका ५ बाजुरा
हाल : काठमाण्डौं

चर्चामा

सम्बन्धित समाचार