शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • शिक्षा
  • पाँच दिने शिक्षण सिकाइ सीप अभिबृद्दी तालिम मार्तडीमा सम्पन्न

पाँच दिने शिक्षण सिकाइ सीप अभिबृद्दी तालिम मार्तडीमा सम्पन्न

  • बुधबार, फाल्गुन १४, २०७६
पाँच दिने शिक्षण सिकाइ सीप अभिबृद्दी तालिम मार्तडीमा सम्पन्न

राजेन्द्र बिक बाजुरा १४ फाल्गुन — युनेसेफ/बिश्व शिक्षा नेपाल को आर्थिक तथा प्राबिधिक सहयोग ,बडिमालिका नगरपालिका र सेतोगुरांस बालबिकाससेवा बाजुरा द्वारा संचालित समता र समाबेशी शिक्षा कार्यक्रम अन्तर्गत प्रारम्भिक कक्षा सिकाइ सम्वन्धि पांचदिने शिक्षण सिकाइ सीप अभिबृद्दी तालिम मार्तडीमा सम्पन्न भएको छ।फागुन १० बाट शुरु भएको तालिमको समापन कार्यक्रमको अध्यक्षता सेतोगुरांस बालबिकास सेवा बाजुरा का कार्यक्रम प्रबन्धक देबु खातीले गर्नु भएको थियो भने बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल प्रमुख अथिती रहनुभएको थियो ।कार्यक्रम मा बिश्व शिक्षा नेपालका फिल्ड अधिकृत प्रकाश बिनाडीको पनि उपस्थिति रहेको थियो ।समापन कार्यक्रममा बोल्दै बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले शिक्षक नै भोलिको दक्ष जनशक्ति निर्माण गर्ने मुख्य बाहकभएकाले बालबालिकाको शैक्षिक गुणस्तर अभिबृदिका लागि तालिममा सिकेका कुरा लाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभएको छ ।तालिम शिक्षकको पेशागत सिप क्षमता अभिबृदीका लागि अत्यन्तै प्रभावकारी भएकोले आफुहरु अत्यन्तै खुशी भएको तालिममा सहभागी ज्ञानोदय माध्यमिक बिद्यालय रजातोलिका प्रधानाध्यापक बिजयराम पाध्याय ले बताउनु भएको छ।तालिममा खप्तड छेडेदह गाउंपालिकाका २१ बडिमालिका नगरपालिकाका २६ र हिमाली गाउंपालिका बाट १३गरि ६०जना शिक्षकको सहभागिता रहेको सेतोगुरांसका कार्यक्रम संयोजक देवराज पाध्यायले बताउनु भएको छ।तालिमको सहजीकरण रंगमल बिक ,मंगल बहादुर धामी,हिरालाल रेग्मी र प्रकाश बिनाडि ले गर्नु भएको थियो।शिक्षक ले पढाउने हैन सिकाउने हो विद्यार्थी भनेका शैक्षिक सामग्री हुन् कार्यक्रम का अध्यक्ष देबु खाती को भनाइ रहेको थियो ।शिक्षकले पाउने पेसागतसीप अभिबृद्दी का लागि संचालित यस्ता तालिमहरुले बालबालिकाको शैक्षिक गुणस्तर प्रभावकारी हुने सरोकारवालाको भनाइ रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार