बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • ट्याक्टर दुर्घटना अपडेट : चालकसहित ९ जना घाईते (नामसहित)

ट्याक्टर दुर्घटना अपडेट : चालकसहित ९ जना घाईते (नामसहित)

  • मङ्लबार, फाल्गुन १३, २०७६
ट्याक्टर दुर्घटना अपडेट : चालकसहित ९ जना घाईते (नामसहित)

बाजुरा १३ फागुन — जिल्लाको गौमुल गाउँपालिकामा मंगलबार विहान ट्याक्टर दुर्घटना भएको छ ।गाउँपालिकाको वडा नं. ६ स्थित निलासेनबाट घट्मुना तर्फ आउँदै गरेको सु.प.प्र.०१००२ त ४९९ नम्बरको ट्याक्टर सिमधारा स्थित ग्रामिण कच्ची सडकमा दुर्घटना भएको हो ।

ट्याक्टर दुर्घटनामा परि चालक सहित ९ जना घाईते भएको ईलाका प्रहरी कार्यालय गौमुलले जनाएको छ । प्रहरीका अनुसार घाईते हुनेमा गौमुल गाउँपालिका ६ का २१ वर्षिया ट्याक्टर चालक प्रकाश रोकाया, र सोही गाउपालिका ४ कौणाकोट बस्ने ट्याक्टर साहु ४८ वर्षिया तुला बुढा, सोही वडाकै १८ वर्षिया अनुप रोकाया, १९ वर्षिया भुवन बुढा, १५ वर्षिया स्मृती सार्की, १५ वर्षिया सुर्मा सार्की, १६ वर्षिया सरिता सार्की, १७ वर्षिया सरिता सार्की र सोही गाउँपालिका ५ मानाकोटका २८ वर्षिया दिपक रोकाया रहेका छन् ।

ट्याक्टर दुर्घटनामा परेका ८ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेको छ भने ट्याक्टर चालक प्रकाश रोकायालाई प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । ट्याक्टर सडक भन्दा करिब एकसय मिटर तल खसेको छ ।

दुर्घ६ना हुने  उपचारकाे लागी जिल्ला अस्पताल बाजुरा पुगेर गाैमुल गाउपालिलकाका अध्यक्ष हरीबहादुर राेकायाले तदारुक्ता देखाएका छन् । दुर्घटना हनुहु थियाे भइृ हाल्या घाईतेकाे उपचारमा  गाउपालिकाबा६ कमी हनु नदिने अध्यक्ष रोकायाले बताए ।

घाईत् हुनेमा बढी स्कुले  बिद्यार्थीहरु रहेकाे छन् । कक्षाा आठकाे फर्म भर्न फाेटा खिच्न गाउपालिकाकाे केन्द्र घट्मुना आउने क्रममा दुर्घटना भएकाे बुझिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार