शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेपाली कांग्रेस बडिमालिकाकाे प्रशिक्षण कार्यक्रम सम्मपन्न

नेपाली कांग्रेस बडिमालिकाकाे प्रशिक्षण कार्यक्रम सम्मपन्न

  • आइतवार, फाल्गुन ११, २०७६
नेपाली कांग्रेस बडिमालिकाकाे प्रशिक्षण कार्यक्रम सम्मपन्न

नेपाली कांग्रेस बडिमालिका नगरकार्य समितिकाे अायाेजनामा बिधान तथा नियमावली प्रशिक्षण कार्यक्रम अाइतवार समपन्न भएको छ । नेपाली कांग्रेस बडिमालिका नगरकार्यसमिति सह सभापति धनलाल पाध्ययाकाे अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति कबिराज पण्डित प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता पुर्ब भुमिसुधार सहायकमन्त्री जनकराज गिरि, नेपाली कांग्रेस पुर्ब सभापति एबम पुर्ब सभासद देबराज जाेशि,नेपाली कांग्रेस पुर्ब पार्टी सभापति मन ब रावल, नेपाली कांग्रेस महाअधिबेशन प्रतिनिधि पदम बहादुर शाही नेपाल महिला सघ केन्द्रीय सदस्य तथा महाअधिबेशन प्रतिनिधि जुना दानी बिशिस्ट अतिथि रहनुभएकाे थियो । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि पण्डितले अहिलेसम्मकै सबैभन्दा बढि अराजक भ्रष्ट अधिनायकवादी सरकार अहिलेकाे केपि अाेलि नेतृत्व सरकार रहेको स्पष्ट पार्नुभयाे जनताको चहाना बिपरित दर्जनौं कामहरू अहिलेकाे सरकारले गरेको बताउनुभयो । कार्यक्रमलाई सम्बाेधन गर्दै अधिकाश नेताहरूले अाेलि सरकार सर्बाहारा बर्गकाे नाम लिदै तिनै सर्बाहारा बर्गकाे रगत पसिना चुसिरहेकाे र दिनदिनै एक पछि अर्को गर्दै अाेलि र प्रचण्डका बिश्वाश पात्रका कर्तुत बाहिरिएकाले जनताले नेकपालाइ बिश्वास गर्ने कुनै अाधार नरहेकोमा जाेड दिएका छन ।

बडिमालिका नगरपालिकाको सभाहलमा सञ्चालन भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य ,नगर पालिका स्थरका जनप्रतिनिधि , नेबिसघ, सिक्षक सघ, महिला सघ, दलित सघ लगाएतका भातृ सुबेच्छुक सस्थाका प्रतिनिधि बडिमालिका नेपाली कांग्रेस कार्यसमितिका पदाअधिकारि सदस्य वडा कार्यसमितिका पदाअधिकारि सदस्य लगायत एक सय भन्दा बढि नेता कार्यकर्ताहरूकाे सहभागीता रहेको थियोे । बिधान तथा नियमावली प्रशिक्षण नेपाली कांग्रेस जिल्ला सल्लाहकार समिति सयाेजक रग ब खाति र शिक्षक सघ जिल्ला सचिव बिपिन बिष्टले गर्नुभएको कार्यक्रमको सञ्चालन नगर कार्यसमिति सचिव पदम बडुवालले गर्नुभएको थियोे ।

चर्चामा

सम्बन्धित समाचार