मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • अब बाजुरामै बन्ने भए पलाष्टिक चप्पल

अब बाजुरामै बन्ने भए पलाष्टिक चप्पल

  • शनिबार, फाल्गुन १०, २०७६
अब बाजुरामै बन्ने भए पलाष्टिक चप्पल

बाजुरा १० फागुन – हरेक हिसावले देशकै पुच्छारमा रहेको बाजुरा जिल्लाका जनता पछिल्लो समय ब्यबसायी बन्दै भगएका छ । त्यसैको उपज बडिमालिका नगरपालिका २ घागरमा सृष्टि पलाष्टिक चप्पल उद्योग संचालनमा आएको छ ।
उद्योगको सुदुरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री प्रका शाहले एक कार्यक्रमका बिज उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शाहले सात ओटा प्रदेशमा सुदुरश्चिम प्रदेश र प्रदेशका नौ जिल्ला मध्ये बाजुरा जिल्लाले अन्य जिल्लाको बिकाससंग जाडीन दगुर्नु पर्ने बताए । अन्य जिल्लाले आठ घण्टा काम गरे भने बाजुराले सोह्र घण्टा काम गनुए पर्ने बताए । जिल्लालाई बिकासको मार्गमा लिन बिभिन्न उद्योग, ब्यबसाय, तालिम र क्षेमता अभिबृद्धिको लागी प्रदेश सरकारले प्राथामिकतामा राखेको बताए ।
आफुनो मुख्य उद्देश्य भनेको बाजुरा जिल्लाको गरिवी, अशिक्षा, स्वास्थ्य, कुरीतीका बिरुद्ध रहेको बताए । प्रदेश सरकारका माथतमा रहेको कर्मचारी तथा कार्यलयहरुलाई यस तर्फ धयान केन्द्रित गराएको उनले बताए । यसैको स्वरुप पलाष्टिक चप्पल उद्योगको स्थापनाले केही हदसम्म भुमीका खेल्ने बिश्वास रहेको शाहले बताए । दुई जना भएपनि रोजगारी सृर्जना भयो । बिदेश धाउनु परेन लगानी कर्ताले पनि उद्योग स्थापना पछि बाजुराका जनतालाई दुई रुपैया भएपनि सस्तोमा चप्पल पाउने भएका बताए ।
त्यस्तै पूर्ब माननिय पेम्बा गुरुङ भोटेले बाजुरा जस्तो दुर्गम स्थानमा उद्योग स्थापना गरेकोमा बधाई दिए । चप्पल बजारीकरण गर्न उद्योगलाई बाजुरा सदरमुकाममा स्थापना गरेको भए सुनमा सुगन्नध हुने बताए । बाजुरामा सिमित बजार छ । बजारीकरण गर्न त्याति गाह्रो नभएपनि सदरमुकाममा हुदा जिलो हुने बताए ।
पूर्व गाविस सदस्य रामे दमाईको अध्यक्षतामा संचालभएको कार्यक्रमको प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका आत्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह रहेका थिए । त्यसै गरि बिशिष्ट अतिथि पूव माननिय पेम्वा गुरुङ भोट अतिथिहरुमा नेपका जिल्ला कमिटका नेता उद्योग बाणिज्य संघ बाजुराका बरिष्ट उपाध्यक्ष गोरख बोहोरा लगाएक गाउबासीको उपस्थिति रहेको थियो ।
पीसविन बाजुरा बुल्गारी परियोजनाको आर्थिक सहयोगमा उद्योग स्थापना भएको उद्योगका संचालक कल्पना महत्तले जानकारी दिईन ।
जिल्लामा चप्पल बन्ने भएपछि जिल्ला बासी तथा स्थानिय सबै खुसी भए । उद्घाटन कार्यक्रमा उपस्थित सबैले चप्पल निर्माण गर्दा लाग्ने कच्चा पदार्थ पनि बाजुराबाटै बनाउदा सबैभन्दा राम्रो हुने बताए ।

चर्चामा

सम्बन्धित समाचार