शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • राजनिती र अबको यात्रा

राजनिती र अबको यात्रा

  • शनिबार, फाल्गुन १०, २०७६
राजनिती र अबको यात्रा

 मुलुकको वर्तमान राजनीतिक अवस्था जनताले सोचेअनुसार अघि बढ्न सकेको देखिँदैन । अहिले जनताका आवश्यकताहरु दिन–प्रतिदिन चुलिँदै गएका छन् । ती आवश्यकताहरु पूर्ति नभएसम्म जनता सन्तुष्ट हुने अवस्था छैन । आज मुलुकमा राजनीतिक स्थिरता कायम छ । यो बेलामा जनताका आवश्यकताहरु पूर्ति हुनुपर्छ । यस सवालमा जनताले चासो राखेका छन् ।अहिले मुलुकमा तीनै तहका सरकारहरु जननिर्वाचित छन् । जननिर्वाचित जनप्रतिनिधिहरु इमानदार हुन सकेनन् भने जनताले कोबाट आश गर्ने ? जनताले आश गर्ने भनेको आफ्ना जननिर्वाचित प्रतिनिधिबाट हो । मुलुक विकास र समृद्धिको यात्रामा अघि बढ्ने कुरा भए पनि अहिले तीनै तहका सरकारहरुको गति सुस्त छ । यो गतिले देशको विकास हुन सक्ने देखिँदैन । तीनै तहका सरकारहरुले देश विकासका लागि गति बढाउनुपर्ने आवश्यकता देखिएको छ । जनतामा विकास र समृद्धिको उत्कट चाहना पैदा भएको छ । आज मुलुकमा ७५३ वटा स्थानीय सरकार, सातवटा प्रदेश सरकार र संघीय सरकारको मुख्य लक्ष्य र ध्यान विकास, समृद्धि र सुशासन कायम गर्ने कुरामा बढी मात्रमा केन्द्रित हुनु जरुरी छ । अब मुलुक आर्थिक विकासको दिशामा अघि बढ्नु छ । आज देशको समृद्धि सबैको साझा लक्ष्य हो । यो लक्ष्यमा सबै सहभागी हुन जरुरी छ । वर्तमान सरकारले मुलुक समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा अघि बढ्ने कुरा बारम्बार गरिरहेको छ । सरकारलाई सहयोग गर्नु हामी सबैको कर्तव्य र दायित्व हो । देश बनाउन सबै नागरिक एकजुट हुनुपर्ने आवश्यकता हुन्छ । सरकारको विरोध गरेर मात्र समस्या समाधान हुन सक्दैन । वर्तमान सरकारले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि उत्पादन वृद्धि एवम् उत्पादन वितरणमा समन्यायिकता कायम गर्दै राष्ट्रिय पुँजीको विकास गरी समाजवादका आधारहरु तयार गर्ने कुरा गरेको छ । यो आजको आवश्यकता हो । उत्पादन वृद्धि गरेर मात्र हुँदैन, त्यसको वितरणलाई समन्यायिक ढंगले परिचालन गर्न सक्नुपर्छ । उत्पादन वृद्धि र वितरणबीच तालमेल मिलाएर जानुपर्छ । यदि तालमेल मिलाउन सकिएन भने समाजवाद उन्मुख अर्थतन्त्रको विकासमा चुनौती देखिनेछ । यी लक्ष्य पूरा गर्न सबै नागरिकलाई व्यापकरुपमा परिचालित गर्नुपर्छ । त्यसो भयो भने मात्र समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न सकिन्छ । हाम्रो मुलुकमा विकास हुन नसक्नुको अर्को मुख्य कारण भ्रष्टाचार हो। भ्रष्टाचारकै कारण देशले विकासको गति समाउन सकेको छैन । भ्रष्टाचारीलाई संरक्षण होइन, सामाजिक बहिष्कार गर्न सक्नुपर्छ। समिक्षा बिष्ट बुढीगंगा नगरपालिका ७ बाजुरा

चर्चामा

सम्बन्धित समाचार