मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • त्रिवेणी
  • ब्रेक्इङ न्युज : बाजुराको त्रिबेणी नगरपालिकामा चट्याङले २ जना घाईते 

ब्रेक्इङ न्युज : बाजुराको त्रिबेणी नगरपालिकामा चट्याङले २ जना घाईते 

  • शुक्रबार, फाल्गुन ९, २०७६
ब्रेक्इङ न्युज : बाजुराको त्रिबेणी नगरपालिकामा चट्याङले २ जना घाईते 

बाजुरा ९ फागुन — बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका वडा न ९ को साउद टोलमा चट्याङ पर्दा २ जना घाईते भएका छन् । घरमा बसिरहेका बेला चट्याङ पर्दा दुइ जना घाईते भएका हुन । आज दिउसो पानी परेको बेला चट्याङ परेको प्रहरीले जनाएको छ ।
घाईते हुनेमा २१ बर्षिया संजा साउँद र ६ बर्षिया आकृती साउद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाईते दुबै जना अछामको बयालपाटा अस्पतालमा उपचारका लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक टंक प्रसाद भट्टराईले बताएका छन् ।
सोही घर नजिकै रहेको कुखुरा खोरमा रहेका १५ ओटा कुखुरा समेत मरेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार