बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • यस्तो बन्‍यो ‘लक्का जवान’को नयाँ गीत ‘मुसुक्कै हास न माया’

यस्तो बन्‍यो ‘लक्का जवान’को नयाँ गीत ‘मुसुक्कै हास न माया’

  • शुक्रबार, फाल्गुन ९, २०७६
यस्तो बन्‍यो ‘लक्का जवान’को नयाँ गीत ‘मुसुक्कै हास न माया’

हास्यकलाकार शिवहरी पौड्यालको डेब्यू निर्देशन ‘लक्का जवान’को नयाँ गीत ‘मुसुक्कै हास न माया’ रिलिज भएको छ। गीत बाबुल गिरीको शब्द र संगीतमा तयार भएको हो। गीतमा बाबुलले जुनु रिजाल काफ्लेसँग सहकार्य गरेका छन्।

दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटी नाचेको यस गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन्। चैत २१ गते रिलिज हुने सिनेमामा डेब्यु निर्देशक पौड्यालकै कथा, पटकथा र संवाद छ। पाका उमेरको मानिसको कथा भन्ने सिनेमामा दीलिप, प्रियंका, सलोन र वर्षासँगै किरण केसी, राजाराम पौडेल, शिवहरी पौड्याल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा, सरोज खनाललगायतका कलाकारको अभिनय छ।

चर्चामा

सम्बन्धित समाचार